२०८२, १९ फाल्गुन बुधबार

तपाइलाई थाहा छ, राम र रावण भगवान रामका भक्त हनुमानले किन लंका जलाए ?

तपाइलाई थाहा छ, राम र रावण भगवान रामका भक्त हनुमानले किन लंका जलाए ?


हनुमान भगवान रामका सबैभन्दा ठूला भक्त हुन् । राजा राम १४ बर्ष वनवासमा रहेको अवस्थामा लंकाका अति शक्तिशाली राक्षस राजा रावणले राम र लक्ष्मण कुटिमा नभएको समयमा माता सितालाई छल गरेर अपहरण गरि लंका लगेर राखे।

सीताको अपहरण रावणले गरेको थाहाँ पाएपछि रामले आफ्ना प्रिय भक्त हनुमानलाई आफ्नी पत्नी सिता कहाँ,कस्तो र कुन अवस्थामा छिन् भनेर बुझ्न लंका पठाए। हनुमानले धेरै कठिन यात्रा पार गरेर लंका पुगेर सिता मातालाई भेटेर रामको सन्देश सुनाए ।

सीताको दर्शन गरेपछि हनुमानले सितासँग आदेश लिएर रावणको सुन्दर अशोक वाटिका भित्र पसेर फलफुल खाँदै बगैंचालाई ध्वस्त पार्न लागे। यो देखेर रावण सेना हनुमानलाई पक्रिन आए तर हनुमानको अगाडी कुनै पनि रावण सेना टिक्न सकेनन्। पछि स्वयं रावण पुत्र इन्द्रजित आएर ब्रम्हास्त चलाएर हनुमानलाई पक्रिएर लंका दरबार पुराए ।

लंका दरबारमा बन्दी बनाएर लगिएका हनुमान प्रति क्रोधित हुँदै घमण्डका साथ रावणले हनुमानलाई आफ्नो शक्तिको बारेमा बताउन थाले ।

हनुमान पनि रावणसँग प्रतिवाद गर्न थाले र भगवान श्रीरामको शक्तिको बारेमा बर्णन गर्न र रावणलाई चेतावनी दिदैं माता सितालाई छोड्न अन्यथा आफ्नो मृत्युको तयारी गर्न भने। हनुमानको कुरा सुनेर रिसले चुर भएका रावणले हनुमानलाई मृत्युदण्ड दिन सेनालाई आदेश दिए ।

तर धर्मात्मा रावणका आफ्नै भाई बिभिषणले दुतलाई मार्न नहुने सुझाव राणलाई दिए।बिभिषणको सुझावपछि रावणले दरबारका निति र धर्मका विद्धानलाई हनुमानलाई के सजाय दिने भनेर सल्लाह लिए९सल्लाहकारहरुले, दुतले मर्यादा नाघेको अवस्थामा शरीरमा कुनै न कुनै चिन्ह देखिने , शरीर अंगभग गर्ने वा केश मुण्डन गर्ने सजाय दिन सकिने सुझाए ।

रावणले सबैको कुरा सुनिसकेपछि बाँदरलाई उनीहरुको पुच्छरको सबैभन्दा धेरै माया हुने र पुच्छर बाँदरहरुको आभूषण मानिने हुँदा हनुमानको पुच्छर जलाउने आदेश सुनाए ।

रावणको आदेशपछि रावण सेनाले हनुमानको पुच्छरमा आगो लगाइदिए।पुच्छरमा आगो लगाएपछि हनुमान आकाशमा उडेर पुच्छरमा लागेको आगो लंकाका महलहरुमा झोस्न थाले । यसरी सारा लंकामा आगो लाग्न थाल्यो,आगो लागेपछि लंकाबासीहरु हाहाकार गर्न थाले ।

सारा लंका नगरी जलाएपछि हनुमानले समुन्द्रमा गएर आफ्नो पुच्छरमा लागेको आगो निभाएर राम लक्ष्मणतिर फिर्ता भए ।

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  १० : ४१ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको