२०८३, १७ आश्विन आईतबार

‘शिशु जन्मिए सहकारीमा रु पाँच हजार’

‘शिशु जन्मिए सहकारीमा रु पाँच हजार’


दुल्लु, ३० कात्तिक : दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ । बालबालिकाको भविष्य सुनिश्चित गर्ने लक्षअनुरुप गाउँपालिकाले महिला सहकारीमार्फत ‘जीवन सुरक्षा कोष’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । सो कार्यक्रमअन्तर्गत बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले बच्चाको नाममा रु पाँच हजार सहकारीमा जम्मा गर्नु पर्नेछ ।

गाउँपालिकाले रु पाँच हजार र बच्चाको अभिभावकले रु दुई हजार रकम सहकारीमा जम्मा गर्नुपर्ने प्रावधान तयार पारेको गाउँपालिकाका प्रमुख खेमराज ओलीले जानकारी दिनुभयो । बर्थिङ सेन्टरमा जन्मिएको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्रका आधारमा उक्त रकम सहकारीमा जम्मा गरिनेछ । सहकारीमा जम्मा भएको रकम स्थानीयस्तरमै उद्यम गर्ने व्यक्तिलाई वार्षिक १५ प्रतिशत ब्याजदरमा ऋण प्रदान गरिने बताइएको छ । बच्चाको नाममा वार्षिक १२ प्रतिशतले रकम जम्मा गर्नुपर्नेछ । अध्यक्ष ओलीले एक बच्चाको रु सात हजारको छ महीनाको ब्याज रु ४२० हुने र रकम साँवामा जोडिने बताउनुभयो । बच्चाका नाममा जम्मा गरिएको उक्त रकम २० वर्षमा रु ७१ हजार ७४२ पुग्ने छ ।

बच्चाको नाममा जम्मा गरिएको रकमले गाउँपालिकाभित्र उद्यमी तयार हुने भएकाले स्थानीयस्तरमै रोजगारीका अवसर सृर्जना हुनुका साथै महिला सहकारीको कारोवार बढ्ने उहाँको भनाइ छ । कोषलाई प्रभावकारी बनाउन महिला सहजकर्ता पनि नियुक्त गरिएको छ । सहजकर्ताले गाउँगाउँमा अभियान चलाउनेछन् । सोे कार्यक्रम सञ्चालनका लागि यस आर्थिक वर्षमा गाउँपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ । कार्यक्रम मङ्सिर १ गतेदेखि शुरु गरिने छ । उक्त गाउँपालिकामा हरेक वर्ष करिब ५०० बच्चाको जन्म हुने गरेको छ । कार्यक्रम सञ्चालनका लागि महिला तथा बालबालिका एकाइले महिला सहकारी, सहजकर्ता र जनप्रतिनिधिसँग परामर्श गरिसकेको छ । ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ५ : ४९ बजे

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको