२०८३, ३१ जेष्ठ सोमबार

वाइड बडीका कारण निगम ‘वित्तीय जोखिममा’

वाइड बडीका कारण निगम ‘वित्तीय जोखिममा’


काठमाडौं, कात्तिक ३०: अपिरपक्व व्यावसायिक योजनाका भरमा वाइड बडी ल्याउँदा वित्तीय जोखिम बढेको नेपाल एयरलाइन्स स्वयंले देखाएको छ। ऋणैऋणको खाडलबाट उकास्न उसले सरकारसँग आर्थिक सहयोगको याचना गरेको छ।कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबार स्वेतपत्र जारी गर्दै भनेका छन्, ‘निगमसँग उपलब्ध नगद प्रवाहभन्दा तिर्नुपर्ने दायित्व अत्यधिक छ। वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमी पूर्ती गर्न निगमलाई तत्काल सरकारबाट आर्थिक सहायता आवश्यक छ।’

निगमले बिचौलियाको सञ्जाल खडा गरी दुई वाइड बडी जहाज ल्याएको छ। निर्माता एयरबसको वेबसाइटमा ती जहाज हाई फ्लाई नामक कम्पनीले नेपाललाई भाडामा दिएको उल्लेख छ।कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२-१२ अर्बसहित करिब २५ अर्ब रुपैयाँ त्यसमा खर्चिइएको छ। त्यसको दैनिक एक करोड रुपैयाँभन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ।

अर्कातिर, दुवै वाइड बडी नयाँ गन्तव्यमा चलाइएको छैन। पहिलाका दुई न्यारो बडीको सेक्टर खोसेर तिनलाई बेला-बेला सञ्चालनमा ल्याइएको छ। स्वेतपत्रका अनुसार सबैजसो अन्तर्राष्ट्रिय उडान क्षेत्रमा यात्रु संख्या घट्दो छ। अर्थात्, यात्रु घटे। जहाज थपिए। सेक्टर बढेनन्। यसले निगमको नोक्सान तीव्र बढाएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : २२ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क