२०८२, ३ पुस बिहीबार

अबैध रुपमा रेडक्रसले बढायो रगतको मूल्य

अबैध रुपमा रेडक्रसले बढायो रगतको मूल्य


काठमाडौं, १९ कार्तिक : नेपाल रेडक्रस सोसाइटीले अबैध रूपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मृल्य वृद्घि गरेको छ । रेडक्रसले सरकारको अनुमतिबिनै प्रतियुनिट रगतमा एक सय रुपैयाँ मूल्य बढाएको हो ।

रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाले गत बिहीबारदेखि प्रतियुनिट रगतमा यसअघि लिँदै आएको शुल्कमा एक सय रुपैयाँ थप लिने सूचना जारी गरेको छ ।केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बिहीबार रगतको मूल्य वृद्घि भएको सूचना प्रकाशित गरेकी हुन् ।

सूचनामा ‘केन्द्रीय रक्त सञ्चार सेवा’ बाट रगत तथा रक्त तत्त्व उपलब्ध गराउने क्रममा लिइँदै आइएको शुल्कमा हाललाई रक्त संकलनमा रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्त सञ्चार ब्युरोको निर्णयअनुसार बिहीबार १५ कात्तिक देखि प्रतियुनिट एक सय रुपैयाँ थप लिने व्यवस्थाका लागि सूचित गरिएको उल्लेख छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ६ : ४० बजे

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम