२०८२, २८ चैत्र आईतबार

‘सरकारको मूल्याङ्कन हुँदैछ’: नेता पौडेल

‘सरकारको मूल्याङ्कन हुँदैछ’: नेता पौडेल


काठमाडौँ, ६ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता देवेन्द्र पौडेलले सरकारको काम गराईको शैलीमाथि मूल्याङ्कन गर्ने काम भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले सरकारले गरेका कामको प्रभावकारिताका विषयमा गम्भीर समीक्षा भइरहेको जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “मान्छे हेरफेर गर्दैमा प्रभावकारिता आउँदैन तर मन्त्रिपरिषद्मा हेरफेर गर्न छलफल हुन सक्छ ।”

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनालीले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले बाग्लुङ्गमा हावाबाट बिजुली निकाल्ने परियोजना शुरु गरिएको, तिहारपछि सानो आकारको पानी जहाजको सम्भाव्यता अघि बढेको र नेपालको उत्तरी नाकामा राजश्वको उठ्ती २०० प्रतिशतले बढेकोलगायत काम भएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता एनपी साउदले स्थिरता र समृद्धिको नारा दिने सरकारले देशलाई समृद्ध बनाउने पक्षमा असफल भएको आरोप लगाउनुभयो । नेकपा (माले) का महासचिव सिपी मैनालीले दुई तिहाइ जनसमर्थनबाट बनेको सरकारले गरेको काम सन्तोषजनक हुन नसकेको जिकिर गर्नुभयो ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ६ : २५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४