२०८३, ७ आश्विन बिहीबार

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको अन्त्येष्टि हुँदै

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको अन्त्येष्टि हुँदै


काठमाडौँ । वुधबार विहान निधन भएका काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा संरक्षण समितिका अध्यक्ष प्राडा सुरेशराज शर्माको विहीबार दाहसंस्कार गरिदैछ ।

शर्माको बुधबार साँझ ६ः५० बजे काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।

शर्माको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहीबार बिहान ७ बजेदेखि १० बजेसम्म काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, बालकुमारी, ललितपुरमा राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति आर्यघाट पुर्याइएको छ । निरन्तर झरी र आफन्तहरुको आगमन भइनसेकाका कारण दाहसंस्कारमा केही ढिला भएको छ । 

नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय गुणस्तरमा पु¥याउन, विश्वविद्यालयमा समयानुकूल नयाँ विषय भित्र्याउन तथा अन्तर्राष्ट्रिय स्रोत, प्राध्यापक र विद्यार्थी जुटाउन शर्माको महत्वपूर्ण योगदान रहेको विश्वविद्यालयले जनाएको छ।

शर्मा नेपालको प्राविधिक शिक्षाका जनकका रूपमा समेत चिनिन्थे। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) तथा त्यसअन्तर्गतका विभिन्न टेक्निकल इन्स्टिच्युट, सिन्धुली बहुमुखी क्याम्पस र सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटलगायत संस्थाको स्थापनामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

राष्ट्रिय शिक्षा समितिका सदस्य–सचिवसमेत रहेका शर्माले नेपालको शैक्षिक नीति निर्माणमा योगदान दिएका थिए। शिक्षासम्बन्धी विभिन्न पुस्तकका लेखकसमेत रहेका उनको अन्तर्राष्ट्रिय ख्याति रहेको विश्वविद्यालयले जनाएको छ।

रसायनशास्त्रका प्राध्यापक शर्माले उज्ज्वल कीर्तिमय राष्ट्रदीपलगायत विभिन्न पदक, षडानन्द पुरस्कार तथा बीपी कोइराला मेमोरियल ओरेसनलगायत सम्मान प्राप्त गरेका थिए। उनका १० वटा पुस्तक प्रकाशित छन्।

सिन्धुलीको खुर्कोटमा विष्णुप्रसाद उपाध्याय ढुङ्गेल र सावित्रीदेवी ढुङ्गेलका सुपुत्रका रूपमा १९९९ साल साउन ७ गते जन्मिएका शर्माको धर्मपत्नी उर्मिला शर्मा ढुङ्गेलको २०८१ साल कात्तिक १४ गते निधन भएको थियो। उनका चार छोरीमध्ये एक छोरीको निधन भइसकेको छ।

काठमाडौँ विश्वविद्यालयले शर्माको निधनबाट विश्वविद्यालय तथा नेपालको शिक्षाक्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ। विश्वविद्यालयले उनका सोच र सङ्कल्पलाई साकार पार्ने प्रतिबद्धता व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  २ : ०० बजे

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको अन्त्येष्टि हुँदै

काठमाडौँ । वुधबार विहान निधन भएका काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति

जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले

रनवेमा ट्रम्प, वासिङ्टनमा सी : अब बदलिँदैछ विश्वको शक्ति-समीकरण

विश्व राजनीतिमा केही दृश्य यस्ता हुन्छन्, जसले सयौँ पृष्ठका कूटनीतिक

सीलाई लिन रनवेमा पुगे ट्रम्प, अमेरिका-चीन सम्बन्धमा नयाँ कूटनीतिक संकेत

२३ सेप्टेम्बरमा विमानस्थलमै स्वागत, २४ सेप्टेम्बरमा ह्वाइट हाउसमा राजकीय समारोह

१३ राजदूतको सुनुवाइ सुरु, १० दिनभित्र उजुरी दिन आह्वान

काठमाडौं । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित