२०८३, ५ मंसिर शनिबार

दैलेखमा बञ्चरो प्रहारबाट श्रीमतीसहित तीनको मृत्यु, एक बालक घाइते

दैलेखमा बञ्चरो प्रहारबाट श्रीमतीसहित तीनको मृत्यु, एक बालक घाइते


सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा श्रीमानले बञ्चरो प्रहार गर्दा श्रीमतीसहित तीन जनाको मृत्यु भएको छ। घटनामा एक बालक घाइते भएका छन्।

शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि बञ्चरो प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र र ३ वर्षीया छोरी करिश्मालाई दुल्लु नगर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, गम्भीर घाइते ३५ वर्षीया श्रीमती मनिषा सलामी मगरको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ। ६ वर्षीय छोरा मिलन सलामी घाइते छन्। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि प्रहरीले अम्बरलाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएको बञ्चरोसमेत बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित मिति : २०८३, ५ मंसिर शनिबार  ५ : २४ बजे

अब आन्दोलन घोषणा भए युवा पङ्क्तिले देश कब्जा गर्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले

नेशनल भोलिन्टियर फोर्स देशव्यापी विस्तार गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

विस्तृत शान्ति सम्झौताको २० वर्षः संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि

सात दिनभित्र विश्वासको मत लिने मुख्यमन्त्री यादवको घोषणा

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सात दिनभित्र

विश्व टेलिभिजन दिवस : सूचना, चेतना र विश्वलाई जोड्ने माध्यम

काठमाडौं ।  मेरो सम्झनामा टेलिभिजन एक प्रकारको राम्रो दृश्य मात्र