२०८२, १८ कार्तिक सोमबार

आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । आज दिउँसो र राति देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा दिउँसो मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनीको तराई र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

राति देशभर सामान्य बदली रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाड, साथै लुम्बिनी र कोसीका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले बाढी, पहिरो तथा सडक अबरुद्ध हुने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  १० : ५९ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या