२०८३, १० कार्तिक मंगलबार

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग


काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध कडा आक्रोश पोखेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक को पक्राउलाई लिएर एमालेले संसद्‌मै सरकारमाथि ठाडो चुनौती दिएको हो।

एमाले सांसद गुरु बराल ले बैठकमा बोल्दै ओली र लेखकलाई “संविधानविपरीत” ढंगले पक्राउ गरिएको आरोप लगाए। उनले मुलुकी कार्यविधि संहिताको दफा १८१ र १८२ को दुरुपयोग गरेर राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको दाबी गरे।

“यो केवल कानुनी प्रक्रिया होइन, प्रतिशोधपूर्ण राजनीतिक कदम हो,” बरालले संसद्मा भने, “पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई यसरी बन्दी बनाउनु लोकतान्त्रिक मूल्यको घोर उल्लंघन हो।” सभामुख अर्जुननरसिंह केसी ले समय दिएपछि आक्रामक रूपमा प्रस्तुत भएका बरालले देशभर यसको विरोध भइरहेको दाबी गर्दै सरकारमाथि “निर्मम दमन” गरेको आरोपसमेत लगाए।

एमालेले संसद्बाटै स्पष्ट माग राख्दै दुवै नेताको “तत्काल रिहाइ” हुनुपर्ने जनाएको छ। अन्यथा, सडक र सदन दुवैबाट सशक्त प्रतिरोध गर्ने संकेत दिएको छ।

यस घटनाले सत्ता–प्रतिपक्षबीचको टकरावलाई थप तीव्र बनाएको छ। संसद्‌को पहिलो बैठकमै देखिएको यस्तो टकरावले आगामी दिनमा राजनीतिक ध्रुवीकरण अझ गहिरिने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८२, १८ चैत्र बिहीबार  ३ : २७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा