२०८३, २० आश्विन बुधबार

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग


काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध कडा आक्रोश पोखेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक को पक्राउलाई लिएर एमालेले संसद्‌मै सरकारमाथि ठाडो चुनौती दिएको हो।

एमाले सांसद गुरु बराल ले बैठकमा बोल्दै ओली र लेखकलाई “संविधानविपरीत” ढंगले पक्राउ गरिएको आरोप लगाए। उनले मुलुकी कार्यविधि संहिताको दफा १८१ र १८२ को दुरुपयोग गरेर राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको दाबी गरे।

“यो केवल कानुनी प्रक्रिया होइन, प्रतिशोधपूर्ण राजनीतिक कदम हो,” बरालले संसद्मा भने, “पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई यसरी बन्दी बनाउनु लोकतान्त्रिक मूल्यको घोर उल्लंघन हो।” सभामुख अर्जुननरसिंह केसी ले समय दिएपछि आक्रामक रूपमा प्रस्तुत भएका बरालले देशभर यसको विरोध भइरहेको दाबी गर्दै सरकारमाथि “निर्मम दमन” गरेको आरोपसमेत लगाए।

एमालेले संसद्बाटै स्पष्ट माग राख्दै दुवै नेताको “तत्काल रिहाइ” हुनुपर्ने जनाएको छ। अन्यथा, सडक र सदन दुवैबाट सशक्त प्रतिरोध गर्ने संकेत दिएको छ।

यस घटनाले सत्ता–प्रतिपक्षबीचको टकरावलाई थप तीव्र बनाएको छ। संसद्‌को पहिलो बैठकमै देखिएको यस्तो टकरावले आगामी दिनमा राजनीतिक ध्रुवीकरण अझ गहिरिने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८२, १८ चैत्र बिहीबार  ३ : २७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि