२०८३, १० कार्तिक मंगलबार

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने


काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले सत्ता र प्रतिपक्षबीच सहकार्यको नयाँ राजनीतिक संस्कार विकास गर्ने बताएका हुन्।

लामिछानेले विगतमा देखिएको आस्थाका आधारमा हुने विभेद, माइक काट्ने प्रवृत्ति तथा संख्याको बलमा गरिने दमन अन्त्य हुने उल्लेख गरे। “प्रतिशोधको अध्याय अब दोहोरिने छैन, तर सुशासनको वेग भने रोकिने छैन,” उनले भने।

उनले सत्ता छाडेपछि विदेशी चलखेलको आरोप लगाउने “सस्तो र गैरजिम्मेवार खेल” पनि अब अन्त्य हुनुपर्ने धारणा राखे। साथै, राजनीतिक सिफारिसबाट नियुक्त भएका व्यक्तिहरूलाई नैतिकताको आधारमा स्वेच्छिक राजीनामा दिन आग्रह गर्दै विधि र प्रणालीलाई सुदृढ बनाउन अपिल गरे।

उनले रास्वपाले अब केवल प्रश्न उठाउने होइन, समाधान दिने जिम्मेवारी पनि पूरा गर्ने बताए। “हामीलाई प्रश्न सोध्न मात्र होइन, उत्तर दिन पनि आउँछ,” उनले जोड दिए।

प्रतिपक्ष दलहरूलाई सरकारको निगरानी गर्न आग्रह गर्दै उनले कमजोरी औँल्याउन र गल्ती सच्याउन सहयोग गर्न आह्वान गरे। “लोकतन्त्रमा सत्ता र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एक–अर्काका पूरक पनि हुन्,” उनले भने।

प्रकाशित मिति : २०८२, १८ चैत्र बिहीबार  ३ : १६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा