२०८३, १० कार्तिक मंगलबार

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै


काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न लागेको छ। यो बैठक कार्यावाहक उपाध्यक्ष र संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर बोलाइएको हो। बैठक दिउँसो १ बजे तय गरिएको छ।

पार्टीका विभिन्न नेताहरूको दबाबमा आयोजना गरिएको उक्त बैठकमा, बादलको अभिव्यक्ति पार्टीको नीति र मान्यतासँग मेल नखाएको विषयमा छलफल हुनेछ। पार्टीका उपाध्यक्ष विष्णु पौडेलले बादलले उठाएको विषयलाई पार्टीको आधिकारिक लाइनको विपरीत भएको भन्दै स्पष्ट पारेका छन्।

त्यसैगरी, अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन्। पौडेलले भने, “आजको बैठकमा गम्भीर छलफल हुनेछ र उपयुक्त निर्णय लिने अपेक्षासमेत राखेका छौं।”

बादलको अभिव्यक्तिलाई लिएर एमालेको आन्तरिक आलोचना बढेको छ। विशेषगरी, उनको अभिव्यक्ति शैलीलाई संसदीय मर्यादाविपरीत रहेको उल्लेख गर्दै पार्टी भित्रका केही नेताहरूले असहमतिपूर्वक प्रतिक्रिया दिएका छन्।

सचिवालय बैठकको परिणामले पार्टीका आगामी कदम र आन्तरिक समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १९ चैत्र शुक्रबार  ९ : ०५ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा