२०८३, १० कार्तिक मंगलबार

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार युवा तथा खेलकुद मन्त्रालयसमक्ष औपचारिक रूपमा राजीनामा पेश गरेका हुन्।

मन्त्रिपरिषद्को २०८१ पुस १६ गतेको निर्णयअनुसार उपाध्यक्ष पदमा मनोनित भएका आचार्यले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकास र उन्नयनमा योगदान पुर्‍याउने प्रयास गरेको बताएका छन्।

राजीनामा पत्रमा उनले हालको कार्यव्यस्तता तथा बदलिँदो राजनीतिक परिवेशका कारण जिम्मेवारीलाई निरन्तर रूपमा प्रभावकारी ढंगले निर्वाह गर्न असमर्थ भएको उल्लेख गरेका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जनाएका छन्।

आचार्यले आफ्नो कार्यकालमा सहयोग गर्ने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, परिषद्का पदाधिकारी, कर्मचारी तथा खेलकुद क्षेत्रसँग सम्बन्धित संघ–संस्था र खेलप्रेमीहरूप्रति आभार व्यक्त गरेका छन्।

साथै उनले आगामी दिनमा परिषद्ले अझ उच्च सफलता हासिल गर्दै राष्ट्रिय गौरव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

अब आचार्यको राजीनामा स्वीकृत गर्ने वा नयाँ उपाध्यक्ष नियुक्त गर्ने विषयमा सरकारको निर्णय आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८२, १८ चैत्र बिहीबार  ६ : ४५ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा