२०८२, १८ कार्तिक सोमबार

राष्ट्रपति पौडेल र भियतनामी उपराष्ट्रपति सुआनबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र भियतनामी उपराष्ट्रपति सुआनबीच शिष्टाचार भेट


काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेलबीच सोमबार शिष्टाचार भेटवार्ता हुने भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजे उनीहरूबीच भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । नेपालको उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उपराष्ट्रपति सुआन गत शुक्रबार काठमाडौं आइपुगेकी हुन् । यो भेटवार्ता नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको ऐतिहासिक अवसरमा आयोजना हुन लागेको हो। दुई देशबीचको मित्रता, आपसी सहकार्य र बहुआयामिक सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । नेपाल भ्रमणका क्रममा उपराष्ट्रपति सुआनले उच्चस्तरीय भेटघाट, विभिन्न सांस्कृतिक तथा कूटनीतिक कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएकी छन् । भ्रमण सम्पन्न गरी उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।

भियतनाम र नेपालबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। पछिल्लो समय दुई देशबीच व्यापार, शिक्षा, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  १० : ५४ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या