२०८२, १९ चैत्र शुक्रबार

राष्ट्रपति पौडेल र भियतनामी उपराष्ट्रपति सुआनबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र भियतनामी उपराष्ट्रपति सुआनबीच शिष्टाचार भेट


काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेलबीच सोमबार शिष्टाचार भेटवार्ता हुने भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजे उनीहरूबीच भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । नेपालको उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उपराष्ट्रपति सुआन गत शुक्रबार काठमाडौं आइपुगेकी हुन् । यो भेटवार्ता नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको ऐतिहासिक अवसरमा आयोजना हुन लागेको हो। दुई देशबीचको मित्रता, आपसी सहकार्य र बहुआयामिक सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । नेपाल भ्रमणका क्रममा उपराष्ट्रपति सुआनले उच्चस्तरीय भेटघाट, विभिन्न सांस्कृतिक तथा कूटनीतिक कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएकी छन् । भ्रमण सम्पन्न गरी उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।

भियतनाम र नेपालबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। पछिल्लो समय दुई देशबीच व्यापार, शिक्षा, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  १० : ५४ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर