२०८२, २७ पुस आईतबार

राससका महाप्रवन्धक सन्दीप राई र सिचुआन विश्वविद्यालय नेपाल अध्ययन केन्द्रका निर्देशकबीच भेटवार्ता

राससका महाप्रवन्धक सन्दीप राई र सिचुआन विश्वविद्यालय नेपाल अध्ययन केन्द्रका निर्देशकबीच भेटवार्ता


काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रवन्धक सन्दीप राई र चीनको सिचुआन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल अध्ययन केन्द्रका निर्देशक प्रा. हुआङ झेङ डुओबीच शुक्रबार राससको केन्द्रीय कार्यालयमा भेटवार्ता तथा छलफल सम्पन्न भएको छ ।

भेटका क्रममा दुबै पक्षले नेपाल–चीन सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सञ्चार माध्यमको भूमिकाबारे विचारविमर्श गरेका थिए । प्रा. डुओले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन रासससँग सहकार्य गर्न इच्छुक रहेको अभिव्यक्ति दिनुभयो। सो अवसरमा सामग्री आदान–प्रदान, संयुक्त अनुसन्धान, तालिम तथा शैक्षिक र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको थियो ।

महाप्रवन्धक राईले रासस सधैं अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै नेपाल–चीन जनस्तरीय सम्बन्ध प्रवर्द्धनमा यस्ता संयुक्त प्रयासहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा भएको मुख्य विषयवस्तुहरू:

  1. नेपाल–चीन जनस्तरीय सम्बन्ध विस्तार:
    दुबै पक्षबीच सञ्चारको माध्यमबाट नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरमा कसरी फैलाउन सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भयो।
  2. सहकार्यको इच्छा र प्रतिबद्धता:
    प्रा. हुआङ झेङ डुओले सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रको तर्फबाट रासससँग सहकार्य गर्न चाहना व्यक्त गर्नुभयो।
  3. संयुक्त कार्यक्रम सञ्चालनबारे छलफल:
    सम्भावित सहकार्यका क्षेत्रहरूमध्ये निम्न कुरा विशेष रूपमा उठाइयो:
    • सामग्री आदान–प्रदान (समाचार, लेख, विश्लेषण आदि)
    • संयुक्त अनुसन्धान कार्यक्रम
    • पत्रकार र विद्यार्थीहरूका लागि तालिम कार्यक्रम
    • शैक्षिक तथा सांस्कृतिक आदान–प्रदान कार्यक्रमहरू
  4. राससको धारणा:
    महाप्रवन्धक सन्दीप राईले रासस सधैं अन्तर्राष्ट्रिय सहकार्यमा सकारात्मक रहेको र नेपाल–चीन सम्बन्धलाई बलियो बनाउन यस्ता पहल प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८२, ८ भाद्र आईतबार  १२ : २८ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,