२०८२, १८ मंसिर बिहीबार

सिन्धुलीमा अनेमसंघको भव्य तीज कार्यक्रम, महिला नेतृहरु उत्साहित

सिन्धुलीमा अनेमसंघको भव्य तीज कार्यक्रम, महिला नेतृहरु उत्साहित


सिन्धुली । नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीले आज बुधवार सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरेको छ । अनेमसंघ सिन्धुलीकी अध्यक्ष शान्ता पाख्रिनको अध्यक्षता एवम् अनेमसंघकी केन्द्रीय कोषाध्यक्ष इन्दिरा फुयाँलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम अहिलेसम्मकै सबैभन्दा बढी महिला उपस्थित भएको कार्यक्रमको रुपमा लिइएको छ ।
अनेमसंघले आयोजना गरेको तीज कार्यक्रममा यतिधेरै महिलाहरु उपस्थित भएको पहिलो कार्यक्रम बनेको देखिएको हो । कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधनगर्दै नेता फुयाँलले महिला मुक्ति आन्दोलनसँग तीज पर्वलाई जोडेर लैजानुपर्ने बताउँदै अधिकारसँग कर्तव्य बोध पनि जरुरी रहेको उल्लेख गरिन् ।


कार्यक्रमलाई नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइराला, निरु दर्लामी, बरिष्ठ नेता खड्ग खत्री, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ र उपाध्यक्ष एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख कर्ण घिसिङ लगायतले सम्वोधन गरेका थिए ।


कार्यक्रमको समापनगर्दै अनेमसंघकी जिल्ला अध्यक्ष शान्ता पाख्रिनले कार्यक्रममा सहभागी भएका सम्पूर्ण दिदी बहिनीहरुलाई धन्यवाद ज्ञापनगर्दै महिला अधिकारको रक्षाका लागि सबै गोलबन्द हुन आग्रह गरेकी थिइन् ।
कमलामाई पार्टी प्यालेसको सभाहलमा खचाखच भरिएका महिलाहरुले महिला मुक्ति आन्दोलनसँग सम्बन्धित गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । अनमेसंघकी जिल्ला सचिव शारदा ढकालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पालिका कमिटीबाट महिलाहरु सहभागी भएको महिला नेतृ रेजिना श्रेष्ठले जानकारी दिइन् ।


जिल्ला अधिवेशनका बेला अहिलेको नेतृत्वले केही गर्न सक्दैन भन्नेहरुलाई आजको कार्यक्रमले जवाफ दिएको देखिएको छ । आजको उपस्थितिले भने आयोजक महिला नेतृहरु उत्साहित बनेका छन् ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  १० : २२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको