२०८२, १८ मंसिर बिहीबार

सिन्धुलीका नेवार समुदायले मनाए कृष्ण जन्माष्टमी, परम्परागत शैलीमा भव्य लाखे नाच प्रदर्शन

सिन्धुलीका नेवार समुदायले मनाए कृष्ण जन्माष्टमी, परम्परागत शैलीमा भव्य लाखे नाच प्रदर्शन


सिन्धुलीका नेवार समुदायले यस वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन परम्परागत शैलीमा भव्य लाखे नाच प्रदर्शन गरेर मनाएका छन् । कृष्ण जन्माष्टमीलाई भब्य रुपमा मनाउन भीमशेन मन्दिर संरक्षण समिति, नेवा गुठी समाज र नेवाः देय् दबुको संयुक्त आयोजनामा आजको कार्यक्रमको आयोजना गरिएको नेवाः देय् दबुकी सचिव रेजिना श्रेष्ठले जानकारी दिइन् । आजको कार्यक्रम विभिन्न धार्मिक र सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको हो ।
कार्यक्रममा जातीय भेषभूषासहितको लाखे नाच गणेशस्था तथा भीमशेन मन्दिर परिसरबाट सुरु भई परिक्रमा सिन्धुलीमाढीको २ नं बजार, गैरीबजार, १ नं बजार, स्टल बजार र मधुटार हुँदै ढुंग्रेवास पुगेर समापन गरिएको थियो ।
श्रेष्ठका अनुसार, तलेजु भगवान् सँग सम्बन्धित रहेको लाखे नाचलाई राक्षस र मानवसँगको प्रेमको प्रतिकका रूपमा पनि लिने गरिएको छ । ज्यापुको छोरी सँग भुतको गहिरो माँया प्रीति बस्दा भुत र मान्छे सँगको भावनात्मक सम्बन्ध जोड्ने उदेश्यले लाखे नाच थालिएको हो । यो तान्त्रिक विधि–विधानमा आधारित सांस्कृतिक अनुष्ठान भएकाले निश्चित विधि अनुसार गरिने चलन रहेपनि सिन्धुलीमा अलि भिन्न प्रकृतिबाट मनाउने चलन रहेको उनको भनाई छ ।

सचिव श्रेष्ठले ढुंग्रेवासमा रहेको कृष्ण मन्दिरमा लाखे अर्थात भूतलाई भगवान श्रीकृष्णले बध गरेपछि कार्यक्रमको समापन भएको जानकारी दिइन् ।

सिन्धुलीका नेवारी समुदायले कृष्ण जन्माष्टमीलाई यस वर्ष पनि उल्लासपूर्ण वातावरणमा मनाउन सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष राजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् । उनले सन्देश जनप्रियसँगको कुराकानीका क्रममा विगत वर्षभन्दा यस वर्ष कार्यक्रम अझ उत्साहपूर्ण भएको प्रतिक्रिया दिए ।
कार्यक्रममा वागमती प्रदेशका पूर्व मन्त्री एवम् सांसद गंगानारायण श्रेष्ठ, सिन्धुली उद्योग बाणिंज्य संघका पदाधिकारी, विभिन्न राजनैतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।- दिपा भण्डारीबाट

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  ६ : ४४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको