२०८२, १९ चैत्र शुक्रबार

सिन्धुलीका नेवार समुदायले मनाए कृष्ण जन्माष्टमी, परम्परागत शैलीमा भव्य लाखे नाच प्रदर्शन

सिन्धुलीका नेवार समुदायले मनाए कृष्ण जन्माष्टमी, परम्परागत शैलीमा भव्य लाखे नाच प्रदर्शन


सिन्धुलीका नेवार समुदायले यस वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन परम्परागत शैलीमा भव्य लाखे नाच प्रदर्शन गरेर मनाएका छन् । कृष्ण जन्माष्टमीलाई भब्य रुपमा मनाउन भीमशेन मन्दिर संरक्षण समिति, नेवा गुठी समाज र नेवाः देय् दबुको संयुक्त आयोजनामा आजको कार्यक्रमको आयोजना गरिएको नेवाः देय् दबुकी सचिव रेजिना श्रेष्ठले जानकारी दिइन् । आजको कार्यक्रम विभिन्न धार्मिक र सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको हो ।
कार्यक्रममा जातीय भेषभूषासहितको लाखे नाच गणेशस्था तथा भीमशेन मन्दिर परिसरबाट सुरु भई परिक्रमा सिन्धुलीमाढीको २ नं बजार, गैरीबजार, १ नं बजार, स्टल बजार र मधुटार हुँदै ढुंग्रेवास पुगेर समापन गरिएको थियो ।
श्रेष्ठका अनुसार, तलेजु भगवान् सँग सम्बन्धित रहेको लाखे नाचलाई राक्षस र मानवसँगको प्रेमको प्रतिकका रूपमा पनि लिने गरिएको छ । ज्यापुको छोरी सँग भुतको गहिरो माँया प्रीति बस्दा भुत र मान्छे सँगको भावनात्मक सम्बन्ध जोड्ने उदेश्यले लाखे नाच थालिएको हो । यो तान्त्रिक विधि–विधानमा आधारित सांस्कृतिक अनुष्ठान भएकाले निश्चित विधि अनुसार गरिने चलन रहेपनि सिन्धुलीमा अलि भिन्न प्रकृतिबाट मनाउने चलन रहेको उनको भनाई छ ।

सचिव श्रेष्ठले ढुंग्रेवासमा रहेको कृष्ण मन्दिरमा लाखे अर्थात भूतलाई भगवान श्रीकृष्णले बध गरेपछि कार्यक्रमको समापन भएको जानकारी दिइन् ।

सिन्धुलीका नेवारी समुदायले कृष्ण जन्माष्टमीलाई यस वर्ष पनि उल्लासपूर्ण वातावरणमा मनाउन सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष राजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् । उनले सन्देश जनप्रियसँगको कुराकानीका क्रममा विगत वर्षभन्दा यस वर्ष कार्यक्रम अझ उत्साहपूर्ण भएको प्रतिक्रिया दिए ।
कार्यक्रममा वागमती प्रदेशका पूर्व मन्त्री एवम् सांसद गंगानारायण श्रेष्ठ, सिन्धुली उद्योग बाणिंज्य संघका पदाधिकारी, विभिन्न राजनैतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।- दिपा भण्डारीबाट

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  ६ : ४४ बजे

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता