२०८२, २९ कार्तिक शनिबार

लाखे नाचको साँस्कृतिक महत्व

लाखे नाचको साँस्कृतिक महत्व

राक्षस र मानवसँगको प्रेमको प्रतिकका रूपमा पनि लिइन्छ


राजधानीका तीन सहरबाट फैलिएको नेवारी समाजको सांस्कृतिक परम्परा सिन्धुली लगायतदेशको विभिन्न स्थानमा रहेका नेवारी बस्तीहरूमा संस्थागत बन्न थालेका छन् । नेवारी समाज नेवारहरूको पकड भएको ठाउँहरूमा कला सभ्यता संस्कृति जगेर्नाका लागि केन्द्रीत हुन थालेको हामी पाउँछौ । विभिन्न धर्म संकृतिका रीतिरिवाज चाडपर्वहरूमा नेवाः सभ्यता र पौराणिकताका कार्यक्रमहरू आयोजना गरिएको हुन्छ ।
कृष्ण जन्माष्टमीका दिनै देखाइने लाखे नाच गठेमंलबाट सुरु हुने गर्दछ । रक्षा बन्धन, क्वाँटी पूर्णे, गाईजात्रा पछि देशको विभिन्न ठाउँहरूमा लाखे नाच शक्ती या तान्त्रिक परम्परा अन्तर्गत नाच्ने गरिन्छ र यसको छुट्टै महत्व रहेको पाइन्छ ।
किंवदन्ती अनुसार तलेजु भगवान् सँग सम्बन्धित रहेको लाखे नाचलाई राक्षस र मानवसँगको प्रेमको प्रतिकका रूपमा पनि लिने गरिएको छ । ज्यापुको छोरी सँग भुतको गहिरो माँया प्रीति बस्दा भुत र मान्छे सँगको भावनात्मक सम्बन्ध जोड्ने उदेश्यले लाखे नाच थालिएको हो । यो तान्त्रिक विधि–विधानमा आधारित सांस्कृतिक अनुष्ठान भएकाले निश्चित विधि अनुसार गरिने चलन छ ।
तर आजभोलि धार्मिक बिधी बिधान भन्दा पनि नेवार समुदायले आफूखुसी मनोरञ्जनको रुपमा लाखे नाच नचाउने गरेको पाउँछौं । जसले गर्दा कतिपय विधि–विधान लोप भइसकेका छन् । लाखे नाचलाई आफ्नै मौलिकतामा ठाउँ अनुसार लाखे नचाउँदै आएका छन् । उपत्यका र बाहिरी जिल्लामा पनि फरक फरक भेसभुसा बाजागाजासहित नाच्ने लाखे नाचको मूल विधि यही हो भन्ने छैन । तर पनि नेवारी समाज बाहेक सबै जात जातीले रुचाउने लाखे नाच जुन सुकै पर्व, उत्सव ,सभा सम्मेलन देखि लोकदोहरी रोडीघरमा समेत लाखे नाचको प्रदर्शनीले कतै यो दुरुपयोग हुन थालेको त होइन भन्ने ? अहिले प्रश्न उठेको छ । किन कि यो नाच कुनै धार्मिक विधि विधान र जातियता र धर्म सँग जोडिएको छैन ।

काठमाडौँमा उपत्यका देखी अन्यत्र बाहिर नेवारी बस्तीहरूमा फैलिएको यो लाखे नाच कहीं कतै एक रुपता पनि छैन । साँखुमा लाखे नाचमा लाखेले मान्छे लखेट्ने गर्दछ । साँगामा लाखेसंगै भुच्चा कवांगहरुले लाखे जस्तै आफू नाचेर लाखेलाई जिस्काउने गर्दछ । सिन्धुलीमा ठुलो ठुलो मुकुन्डो लगाएर लाखे एक्लै नाचेको पनि पाउँछौ । सिन्धुलीमा लाठी नाच र धान रोपाई जस्ता डेमो देखाइने चलन छ ।
कृष्ण जन्माष्टमी दिन विशेष रूपमा कृष्ण गोपिनी नाचगान सहित लाखे निकाल्ने गरिन्छ । मध्ये रात १२ बजे पश्चात् कृष्णको जन्म पछि विधिवत् रूपमा कृष्ण द्वारा लाखेको वध गराइन्छ । त्यस पछि यो वर्षको लागि लाखे नाच अन्त्य हुने प्रचलन रहेको छ । सिन्धुलीमा विगत केही वर्षदेखी नेवारी समुदायले लाखे नाचलाई आफ्नो मौलिक संस्कृतिका रुपमा बनाउने गर्दै आएको सन्दर्भमा यो लेख्ने प्रयास गरें । देशको कुनाकाप्चा, नेवारी बस्तीहरूमा लाखे नाच आआफ्नो ढंगको देख्न पाउँछौं ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  ११ : ५३ बजे

एकीकृत समाजवादी धनकुटा जिल्ला कमिटी नेकपा एमालेमा समाहित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटीले नेकपा एमालेमा

गैरदलिय सरकारका मन्त्रीलाई तत्काल हटाउनु पर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्की

सन्तोष परियारले रास्वपा परित्याग गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता सन्तोष

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा