२०८२, २६ पुस शनिबार

आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ

आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न संघीयताको कार्यान्वयन अनिवार्य भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विश्व आदिवासी दिवसको मुल समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा आदिवासी जनजातिहरूले अन्य मुलुकको तुलनामा कम संघर्ष गरे पनि राज्यमा आफ्नो पहिचान र अधिकार सुनिश्चित गर्न लामो यात्रा तय गर्नुपरेको उल्लेख गरे ।

उनले भने, ‘विश्वमा आदिवासी जनजातिहरुको संख्या झण्डै २ करोड ९३ लाखजति छ । राजा रहुन्जेलसम्म नेपालको सबै चाडपर्व, विधि, परम्परा हिन्दु धर्मसँग मात्र जोडिएको थियो । त्यो बेला राज्य राजाको मात्र थियो, सबैजना राजाको पछि लाग्ने थिए । त्यो राज्य आदिवासी जनजातिको थिएन ।’

मन्त्री गुरुङले भाषिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई ऐतिहासिक मान्दै नेपाललाई बहुसांस्कृतिक मुलुकका रूपमा विकास गर्न हालसम्म भएका प्रयासहरू पर्याप्त नभएको स्पष्ट पारे ।

उनले भने, ‘यो अहिले पनि पूर्ण त भएको छैन । संघीयता लागू भएन भने नेपालको आदिवासी जनजातिहरुले अधिकार पाउन सक्दैनन् । अधिकार पाउन संरचना आवश्यक पर्छ । संरचना बिना अधिकार सुनिश्चित हुँदैन । हामीले संघीय संरचनाको वकालत गरेको नेपालको आदिवासीहरुको कारणले र नेपालको मधेसी समुदायको कारणले यो मुलुकमा संघीयता लागू भएको कुरा हामी सबैले बुझ्नुपर्छ ।’

उनले संघीयताको स्थापना नेपालको आदिवासी जनजाति र मधेसी समुदायको ऐतिहासिक आन्दोलनको परिणाम भएको भन्दै त्यसको सम्मान र संरक्षण गर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ७ : ५५ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,