२०८३, २९ असार मंगलबार

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका


काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम रहेको निष्कर्ष निकालेपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। CNN को विशेष रिपोर्टअनुसार, निरन्तर आक्रमणका बाबजुद इरानको मिसाइल क्षमता पूर्ण रूपमा कमजोर भएको छैन।

अमेरिकी मूल्यांकनले इरानसँग मध्यम र दीर्घ दूरीका क्षेप्यास्त्र प्रहार गर्ने क्षमता अझै सुरक्षित रहेको देखाएको छ। केही सैन्य संरचना क्षतिग्रस्त भए पनि मुख्य प्रक्षेपण प्रणाली र भण्डारण संरचना सक्रिय अवस्थामा रहेको जनाइएको छ।

आक्रमणपछि पनि बलियो संरचना

अमेरिका र इजरायल का आक्रमणले इरानका केही सैन्य पूर्वाधारमा क्षति पुर्‍याए पनि समग्र क्षेप्यास्त्र क्षमता समाप्त नभएको निष्कर्ष निकालिएको छ। इरानले मोबाइल लन्चर, भूमिगत संरचना र विकेन्द्रित प्रणाली प्रयोग गर्दै आफ्नो सैन्य शक्ति जोगाइरहेको विश्लेषण गरिएको छ।

रणनीतिक दोधारमा अमेरिका

यो अवस्थाले अमेरिका लाई युद्ध लम्ब्याउने वा कूटनीतिक बाटो रोज्ने भन्ने निर्णयमा कठिनाइ उत्पन्न गरेको छ। विशेषगरी अमेरिकी सैन्य अड्डा र सहयोगी राष्ट्रहरू इरानी क्षेप्यास्त्रको दायराभित्र पर्ने भएकाले सुरक्षा चुनौती यथावत रहेको बताइएको छ।

विश्लेषकहरूका अनुसार इरानको क्षेप्यास्त्र क्षमता कायम रहनुले युद्ध अन्त्यका कूटनीतिक प्रयासहरू थप जटिल बनाउन सक्छ। हालसम्म इरान ले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति : २०८२, १९ चैत्र शुक्रबार  ९ : ४९ बजे

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता