२०८२, ५ फाल्गुन मंगलबार

आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना


काठमाडौं । हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

महाशाखाका अनुसार, अहिले सक्रिय मनसुनी प्रणालीका कारण मनसुनको न्यूनचापीय रेखा औसत स्थानको भन्दा केही उत्तरतर्फ सरेको छ र नेपालका तराई क्षेत्रमा अवस्थित रहेको छ। यसको प्रभावस्वरूप देशका अधिकांश पहाडी भू-भागमा आकाश पूर्ण रूपमा बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

“कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ,” महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। यस्तै, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षा हुने देखिएको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। विशेष गरी कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थानमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

वर्षा बढेसँगै पहिरो, बाढी, जमिन चिप्लिने घटना र नदीहरूको जलस्तर बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। स्थानीय प्रशासन, यात्रा गर्नेहरू र कृषकहरूलाई मौसमको जानकारी अनुसार सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ७ : २५ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा