२०८२, २८ पुस सोमबार

राजावादी दुर्गा प्रसाईँलाई दुई मुद्दामा २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

राजावादी दुर्गा प्रसाईँलाई दुई मुद्दामा २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश


काठमाडौं  । उच्च अदालत पाटनले राजावादी  दुर्गा प्रसाईँलाई दुई छुट्टाछुट्टै मुद्दामा २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

१५ चैतमा भएको राजावादी आन्दोलनमा संलग्न भएको अभियोगमा ३ लाख र बैंकिङ कसुरसम्बन्धी मुद्दामा २५ लाख धरौटी तोकिएको हो। बैंकिङ मुद्दामा उनी क्यान्सर रोगबाट पीडित रहेको भन्दै अदालतले स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएको थियो भने उनी डिल्लीबजार कारागारमा थुनामा थिए। उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ८ : ३३ बजे

कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा प्रतिनिधिहरूको चहलपहल

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु

पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन-यो रोक्छौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने प्रयास

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई