२०८२, १९ मंसिर शुक्रबार

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं । देशभर मनसुन सक्रिय रहेका कारण सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ, जसका कारण वर्षा गराउने प्रणाली नेपालका तराई नजिकै सक्रिय रहेको छ ।

आज बिहान मधेश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका तराई भूभागहरूमा पनि पानी परिरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ र अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

भारी वर्षाको उच्च सम्भावना
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। यस्तै, रातिको समयमै पनि कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।

साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा राति भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सावधानी अपनाउन सुझाव
भारी वर्षाले बाढी, पहिरो, भू–स्खलनजस्ता विपद् निम्त्याउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्। साथै यात्रु, कृषक, तथा निर्माण कार्यमा संलग्न सबै पक्षलाई मौसमअनुसार योजना बनाउन र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ९ : ०४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको