२०८२, ५ फाल्गुन मंगलबार

यस्ता छन् मन्त्रिपरिषद बैठकका १८ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद बैठकका १८ निर्णय (सूचीसहित)


काठमाडौँ । मन्त्रिपरिषदको सोमबारेको बैठकले गरेका विभिन्न १८ वटा निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङ नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तानको भ्रमणदेखि विभिन्न नियुक्ति गरेको छ । त्यस्तै बैठकले केही सहसचिवहरूलाई बढुवा गर्दै सचिव बनाएको छ भने नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ ।

बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २।८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रूपैया बराबरको सहुलीयतपूर्ण ऋण सहायता पनि स्वीकार गरिएको छ ।

बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार सर्वोच्च अदालतका रजिष्टार विमल पौडेललाई मुख्य रजिष्टार पदमा बढुवा गरेको छ ।बैठकले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्टारमा तनहुँका ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ भने भक्तपुर क्यानसर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा कास्कीका डा।उज्जवल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायतका निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न रामुप्रसाद डोटेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा रमेशप्रसाद शिवाकोटी र चण्डीप्रसाद घिमिरे रहेका छन् । प्रवक्ता गुरुङले वर्षा नहुँदा समस्या परेका किसानलाई आवश्यक राहतलगायतका व्यवस्था गर्न सरकारले तराई मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको बताए ।

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  ३ : २६ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा