२०८२, १८ मंसिर बिहीबार

आज नाग पञ्चमीका दिन नाग टाँस्न शुभ समयको जानकारी

आज नाग पञ्चमीका दिन नाग टाँस्न शुभ समयको जानकारी


काठमाडौ । आजको दिन श्रावण शुक्ल पञ्चमी परेको छ, जुन नाग पञ्चमीको मुख्य दिन हो। यो दिन विशेष गरेर घरको मुख्य ढोकामा नागको चित्र टाँस्ने परम्परा छ, जसले वर्षभरि घरमा सर्प, नाग, बिच्छी, चट्याङ र अन्य विपद्‌बाट जोगाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ।

आज नाग टाँस्न शुभ समय शुभ मुहूर्त

लाभ बेला
🕣 बिहान ८स्४८ देखि 🕙 १०स्२९ बजेसम्म

अमृत बेला
🕥 बिहान १०स्३० देखि 🕛 १२स्०९ बजेसम्म

यी दुई बेलालाई अत्यन्त शुभ मानिन्छ, त्यसैले नागको चित्र टाँस्ने वा पूजाआजा गर्ने उत्तम समय यही हो।

आजको पूजा दिशा — उत्तर दिशामा नागको शिर सम्झनुहोस्
श्रावण महिना भएकाले, नागको शिर उत्तर दिशामा भएको सम्झेर पूजा गर्नुपर्छ। पूजा गर्दा सिन्दुर, चन्दन, दही, दूबो, कुश आदि सामग्री प्रयोग गरी नागको प्रतीकमा अर्पण गर्नु उचित मानिन्छ।

पूजाअघि गर्ने तयारीहरू

बिहानै उठेर स्नान गर्ने

गाईको गोबरबाट ढोकाको दुवैपट्टि नागको चित्र बनाउने वा चित्र टाँस्ने

दियो, कलश, गणेश पूजन गर्ने

नागको पूजा गरी घरमा शान्तिको कामना गर्ने

प्रकाशित मिति : २०८२, १३ श्रावण मंगलबार  ९ : ४८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको