२०८२, २६ फाल्गुन बुधबार

मुख्य चार राजमार्ग पूर्णरूपमा अवरुद्ध : यातायात सञ्चालनमा अवरोध

मुख्य चार राजमार्ग पूर्णरूपमा अवरुद्ध : यातायात सञ्चालनमा अवरोध


काठमाडौं । देशभर जारी अविरल वर्षाका कारण मुख्य चार राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण कर्णाली प्रदेशका दुई मुख्य मार्ग कर्णाली करिडोर र भेरी करिडोरमा पूर्णरूपमा यातायात ठप्प छ।

हुम्लाको सिमकोट क्षेत्रमा आएको पहिरोले कर्णाली करिडोर पूर्णरूपमा अवरुद्ध बनाएको छ। यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजिगार क्षेत्रमा आएको बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको हो। पूर्वी नेपालमा पनि कोशी राजमार्ग प्रभावित बनेको छ। संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण क्षेत्रमा पहिरो आएपछि कोशी राजमार्ग पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यसैबीच, उत्तरतर्फ रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन सिमानामा रहेको पुलमा बाढीका कारण जोखिम बढेपछि सो क्षेत्रको यातायात पनि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। शनिबार बिहान १०:३० बजेसम्मको प्रहरीको अद्यावधिक विवरणअनुसार काठमाडौंको टोखा–२ मा पर्ने काठमाडौं–नुवाकोट सडक, बागलुङ र नवलपरासी (पूर्व) मा पर्ने कालीगण्डकी करिडोर तथा रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिमस्थित सहिद राजमार्ग भने एकतर्फी सञ्चालनमा छन्।

संबन्धित स्थानहरूमा सडक खुलाउने प्रयास तीव्र गतिमा भइरहेको छ। सुरक्षाकर्मी, प्राविधिक टोली र स्थानीयवासीको सहयोगमा माटो हटाउने, डाइभर्सन निर्माण गर्ने तथा वैकल्पिक मार्गको पहिचान गर्ने कार्य अगाडि बढाइएको छ। प्रहरीले अत्यावश्यक कामबाहेक पहिरो र बाढी प्रभावित क्षेत्रतर्फ नजान र सचेत रहन सार्वजनिक अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  १ : १४ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा