२०८२, ४ फाल्गुन सोमबार

स्कुटर दुर्घटनामा परी नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते

स्कुटर दुर्घटनामा परी नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते


काभ्रे । बिपी राजमार्गमा भएको स्कुटर दुर्घटनामा पूर्व नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान ७: ४४ बजे नमोबुद्ध नगरपालिका–२, बिस किलोस्थित बिपी राजमार्गमा दुई स्कुटर एक आपसमा ठोक्किँदा पूर्व नगर प्रमुखसहित तीन जना घाइते भएका हुन्। दुर्घटनामा नमोबुद्ध नगरपालिका–२ बस्ने अन्दाजी ४६ वर्षीय किशोर तिमल्सिना सामान्य घाइते भएका छन्। उनले चलाएको बा।प्र.०३–०२–००७ प ८८०० नम्बरको स्कुटरमा पछाडि सवार उनका ७२ वर्षीय पिता टी.पी. शर्मा गम्भीर घाइते भएका हुन्।उनीहरू दुबैलाई उपचारका लागि तत्काल धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

दुर्घटनामा ठक्कर दिने बा ६२ प ३५७८ नम्बरको स्कुटर दोलखा मेलुङ गाउँपालिका–३ स्थायी घर भई हाल रोशी गाउँपालिका–८ बस्ने २६ वर्षीय निमा तेम्वा थोकरले चलाएका थिए। उनको अवस्था सामान्य रहेको र हाल मेथिनकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि ठक्कर दिने स्कुटर चालक तथा सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  ११ : ०९ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा