२०८२, २ श्रावण शुक्रबार

देउडा खेलेर मुगुमा मनाइयो साउने संक्रान्ति

देउडा खेलेर मुगुमा मनाइयो साउने संक्रान्ति


मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानीयले देउडा कार्यक्रम आयोजना गरेर  देउडा मार्फत  साउने संक्रान्ति मनाएका छन् ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर –२ र माझपातल सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सदरमुकामको शिरमा रहेको  बाजथला हरियाली पार्कमा देउडा संरक्षण गर्दै नगरबासिले देउडा खेलेर साउने संक्रान्ति मनाएका हुन् ।

संक्रान्तिकै अवसरमा बिहीबार छायाँनाथ रारा नगरपालिका भित्र रहेका १ वडा देखि १४ वटै वडाका भित्र बस्ने  महिला देउडा  टिमबीच देउडा प्रतियोगिता आयोजना गरिएको थियो ।

त्यसैगरी, महिला र पुरुषबीच पनि हिजोआज देशमा चलिरहेको राजनीति , र जिल्लामा रहेका रितिरिवाज, धर्म ,भेषभूषा,लोपमुलक रैथाने बालिको संरक्षण बारे रोचक देउडा खेल भएको थियो।

यसैगरी  पार्क वरिपरि हरियालि बनाउनको लागि १सय भन्दा बढी बिरुवा रोपेका छन् , पर्यटन प्रर्वद्धन विकासमा टेवा पुगोस् भन्ने हिसावले यहाँ पार्क निर्माण गरि छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष परेकराज चौलागाईंले बताए ।

प्रकाशित मिति : २०८२, २ श्रावण शुक्रबार  ८ : ०९ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै