२०८२, २३ श्रावण शुक्रबार

आजको मौसम अपडेट : देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुरोध

आजको मौसम अपडेट : देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुरोध


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको महाशाखाले जनाएको छ।

आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ भने दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै,दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै,आइतबार राति देशभर साधारणतया बदली रहने छ। राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै महाशाखाले कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको छ। राति नै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २९ असार आईतबार  ७ : ४० बजे

ओली विनाको एमालेको कल्पना सम्भव छैन : पोलिटब्युरो सदस्य पाल

कन्चनपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी

ओलीको दूरदर्शिता बुझ्न समय लाग्छ : लेखराज भट्ट

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले

पार्टी निर्णय सबैले मान्नैपर्छ : अध्यक्ष जैशी

धनगढी। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीभित्र

मिसन ८४ को कमाण्डर केपी ओलीनैं हुन्‌: ढकाल

काठमाडौ । नेकपा एमालेका नेता भानुभक्त ढकालले नेकपा एमालेले अगाडि

२९ जिल्लामा लम्पी स्किन रोगको संक्रमण, साढे २७ हजार गाईभैंसी प्रभावित

काठमाडौं । देशका विभिन्न २९ जिल्लामा लम्पी स्किन रोग तीव्र