२०८२, २५ फाल्गुन मंगलबार

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना


काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर इन्डियाको विमान दुर्घटनाको भएको प्रारम्भीक कारण खुलेको छ ।

भारतीय विमान दुर्घटना अनुसन्धान ब्यूरो (एबीआई) ले शनिबार जारी गरेको प्रारम्भिक अनुसन्धान रिपोर्टले यस्तो देखाएको हो । हालै दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको दुवै इन्जिन उडान भरेको केही सेकेन्डमै बन्द भएको थियो । रिपोर्टमा भनिएको छ कि फ्लाइट एआई–१७१ विमान दुर्घटनाग्रस्त हुनुभन्दा पहिले, दुई इन्जिनको इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू एक अर्काको एक सेकेन्ड भित्र बन्द भएका थिए ।

जसले गर्दा विमान इन्जिनहरूले काम गर्न बन्द गरेका थिए । ककपिट भ्वाइस रेकर्डरले देखाउँछ कि एक पाइलटले सोधे, “तपाईंले किन बन्द गर्नु भयो?“ र अर्को पाइलटले जवाफ दिन्छ, “मैले गरेको होइन् ।“

दुर्घटना रिपोर्टले यो पनि देखाएको छ कि दुबै स्विचहरू “सामान्य“ स्थितिमा फिर्ता सारिएको थियो र इन्जिन १ ले रिकभरीको संकेत देखाए पनि, तर इन्जिन २ ले गर्न सकेन् । “विमानस्थलबाट प्राप्त सीसीटीभी फुटेजमा लिफ्ट–अफ पछि तुरुन्तै प्रारम्भिक आरोहणको समयमा राम एयर टर्बाइन तैनाथ गरिएको देखाइएको छ । उडान मार्गको वरपर कुनै पनि उल्लेखनीय चराहरुको गतिविधि देखिएको छैन् । विमानस्थलको परिधिको पर्खाल पार गर्नु अघि विमानले उचाइ गुमाउन थालेको रिपोर्टमा उल्लेख छ ।

लन्डन जाने एयर इन्डियाको विमान, बोइङ ७८७–८ ड्रीमलाइनर, जुन १२ मा अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । जुन भारतको पश्चिमी राज्य गुजरातको राजधानी शहर गान्धीनगरबाट लगभग १७ किलोमिटर दक्षिणमा थियो । जसमा २४२ जना मध्ये एक जना बाहेक सबैको मृत्यु भयो र १९ जना जमिनमा थिए ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  १२ : १२ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल