२०८२, २८ पुस सोमबार

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध


काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध भएको छ । गत शुक्रबार उक्त सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि यस खण्डमा पूर्णरुपमा आवागमन ठप्प भएको थियो । जसका कारण यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको थियो । शनिबार राती छवटा ठूला ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालन भएपनि सोमबार राति भएको वर्षासँगै आएको बाढीले सडकखण्ड पुनः अवरुद्ध भएको हो । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–सुर्यविनायक सडकको एक मात्र वैकल्पिक मार्ग हो, बनेपा–नाला–भक्तपुर सडकखण्ड ।

धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकाले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको छ । अरनिको राजमार्ग अवरुद्ध भएको खण्डमा काभ्रे र काठमाडौंलाई जोड्ने एक मात्र मार्ग बनेपा–नाला–ताथली भक्तपुर सडकखण्ड भएको कारणले पनि यस सडकखण्ड चाँडो निर्माण हुनुपर्ने जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले फेरी पनि अस्थायी रुपमा यातायात सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । डिभिजन प्रमुख सुमन योगेशका अनुसार ह्युमपाइपसँगै जालि पनि राखेर अस्थायी निर्माण भएको पुल गएरातीको वर्षाले पुन अवरुद्ध भएको छ । तत्काल पक्की पुल निर्माणगरी स्थायी निर्माण गरिने भने छाँटकाँट देखिएको छैन् ।

स्थायी रुपमा नै पुन निर्माण कहिले हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले निर्माण हुने भनेको त अस्थायी नै हो । अब स्थायी त कहिले हो कहिले नि समय लाग्छ । भन्ने वित्तिकै निर्माण गर्न सकिँदैन् ।’

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  ९ : २६ बजे

कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा प्रतिनिधिहरूको चहलपहल

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु

पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन-यो रोक्छौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने प्रयास

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई