२०८२, १९ चैत्र शुक्रबार

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई सरकारको उमोलेट सेक्युरिटी प्रिन्टिङ प्रेसका प्रतिनिधिले भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटघाटमा सञ्चारमन्त्री गुरुङले नेपालको सुरक्षण मुन्द्रण केन्द्रको अवस्था र भावी योजनाबारे बताए । उनले तीन वर्षदेखि कार्यालय प्रमुखविहीन रहँदै आएको सुरक्षण मुद्रण केन्द्रलाई आफू मन्त्री भएपछि कार्यकारी निर्देशक नियुक्ति गरेर छापा प्रक्रिया सञ्चालन गर्न लागिएको बताए । झण्डै छ अर्बको बजेट योजना गराएर केन्द्रबाट पासपोर्ट, नागरिकतादेखि बैंक नोट समेत छाप्ने योजना रहेको मन्त्री गुरुङले बताए ।

हाल भने स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने प्रक्रियामा रहेको पनि उनले सुनाए । युएई प्रिन्टिङ प्रेसका जेनेरल म्यानेजरको समूहले भने नेपाल सरकारसँग सहकार्य गरेर छापा मेसिनमा सहयोग गर्नसक्ने धारणा राखेका थिए । यस विषयमा मन्त्री गुरुङ सकारात्मक भएको र समय आएपछि सहकार्य गर्ने वाचा समेत दिए ।

प्रकाशित मिति : २०८२, १८ असार बुधबार  ११ : ०१ बजे

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध