२०८२, २० मंसिर शनिबार

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव


काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल प्रहरीको जवान, हवल्दारलाई आधारभुत तह भनि कानूनमा उल्लेख गर्नुपर्ने बताएका छन् ।

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनमा तल्लो तहको कर्मचारी भन्ने शब्दहरु प्रयोग गर्ने गरेको भन्दै यसलाई आधारभुत तह भनिनुपर्ने बताएका हुन् । उनले भने, ‘प्रहरी खास गरेर कार्यालय सहयोगी, प्रहरी जवान, हवल्दारलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नया शब्द प्रारम्भ गरेको छु । प्रहरीको ती कर्मचारीहरुलाई आधारभुत तह भनिनुपर्छ भनेर भनेको छु किनभने प्रहरीको प्यारामिड उहाँहरुमै माथि उभिएको छ ।’

उनले सबैभन्दा ठुलो संख्यामा प्रहरी जवान, हवल्दारलगायतका कर्मचारी सडकमा १६ घण्टा उभिएर काम गर्ने भन्दै यसलाई कानूनमा लेख्दा आधारभुत तह लेख्न प्रस्ताव समेत गरे । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरुसँग छलफल गरिएको छ ।

प्रकाशित मिति : २०८२, १५ असार आईतबार  २ : ५१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको