२०८२, २० मंसिर शनिबार

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे


काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताएका छन् ।
महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको भन्दै सोको लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा २००/१ सम्मको अद्यावधिक बेरुजु ७ अर्ब ३३ करोड पुगेको उल्लेख छ । वार्षिक कारोबार गर्दा उल्लेखनीय बेरुजु देखिनु उचित होइन् । जसले वित्तिय अनुशासन प्रश्न मात्र खडा गरेको छ । सोका लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारी पूर्वक कार्यसम्पादन गर्नुपर्ने छ । उनले समयको विकाससँगै लेखा परीक्षकमा पनि चुनौती थपिएका भन्दै त्यस्ता चुनौतीलाई अवसरको रुपमा रुपान्तरण गरी अगाडि बढ्नको लागि कार्यालयले आफूलाई सक्षम बनाउनुपर्ने धारणा राखे ।

‘समयको विकाससँगै लेखा परीक्षकमा पनि चुनौती थपिएका छन् । त्यस्ता चुनौतीलाई अवसरको रुपमा रुपान्तरणगरी अगाडि बढ्नको लागि कार्यालयले आफूलाई सक्षम बनाउनुपर्छ । त्यसको लागि लेखा परीक्षणमा नविनतम प्रविधिको उपयोग गर्नुपर्ने कर्मचारीमा सक्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।’ स्थानीय तहका लागि आर्थिक कार्यविधिसम्बन्धी कानुनको खाँचो देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२, १५ असार आईतबार  २ : ०९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको