२०८२, १९ चैत्र शुक्रबार

दुखद खबर ! चितवनमा गाडी दुर्घटना : गर्भवती महिला सहित ७ जनाको मृत्यु, १८ जना घाइते

दुखद खबर ! चितवनमा गाडी दुर्घटना : गर्भवती महिला सहित ७ जनाको मृत्यु, १८ जना घाइते


काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा बिहान गाडी दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरू १८ जना घाइते भएका छन् ।

धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढका लागि छुटेको माइक्रो बस एक आपसमा ठोक्किएका चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी अन्दाजी १८ र १९ र २४ र २५ वर्षीया दुई महिला, २२ र २३ वर्षीय पुरुष, ३० र ३५ वर्षीया गर्भवती र ३५ र ४० वर्षीय पुरुष रहेका छन् ।

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  १ : १३ बजे

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध