२०८२, १९ चैत्र शुक्रबार

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाएको बताएका छन् ।

सोमबार लुम्बिनीमा २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले बुद्धका शान्तिको सन्देशहरुका कारण छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको स्थिती सामान्य अवस्थामा परिणत भएको बताएका हुन् ।

उनले भने, ‘बुद्धका उपदेशहरु हुन् । ती उपदेशमार्फत् जुन शिक्षा बुद्धले दिनुुभएको छ । ती विश्वका लागि महत्वपूर्ण छन् । झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग¥यौं, उहाँहरुसँग पनि कुरा ग¥यौं । नभन्दै उहाँहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही –केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात् बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ ।’

उनले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण हुनु मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए ।‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहन पर्दछ र काम गर्नु पर्दछ,’ उनले भने ।

उनले बुद्धका मुख्य उपदेशहरु र आर्दशहरुलाई समाउनु पर्ने भन्दै लुम्बिनी क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना बुुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान पुु¥याउने बताए ।

प्रकाशित मिति : २०८२, २९ बैशाख सोमबार  ३ : ५७ बजे

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध