२०८२, १९ चैत्र शुक्रबार

आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै

आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं ।  संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्रमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–८१ माथि छलफल हुने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची राखिएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान साढे ११ बजे बस्ने छ । बैठकमा बारपाक क्षेत्रमा भूकम्पपछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  ८ : ५१ बजे

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध