२०८२, १८ मंसिर बिहीबार

आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै

आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं ।  संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्रमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–८१ माथि छलफल हुने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची राखिएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान साढे ११ बजे बस्ने छ । बैठकमा बारपाक क्षेत्रमा भूकम्पपछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  ८ : ५१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको