२०८२, १८ मंसिर बिहीबार

फेवातालमा फसेका ८ जनाको उद्धार

फेवातालमा फसेका ८ जनाको उद्धार


काठमाडौं । हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको उद्धार भएको छ । ड‌ुंगा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु केहीबेर त्यहीँ फसेका थिए । अहिले पोखरामा हावाहुरीसहित पानी परिरहेको छ ।

एउटा डुंगा  तालमै पल्टिएको थियो । त्यसमा सवार भरपुरका रेशम थापा र विजय सुनारलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ । डुंगामै सवार अन्य ६ जनाको पनि उद्धार गरिएको उनले बताए । तालमन्दिर दर्शन गर्न गएका दर्शनाथीलाई पनि ल्याइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२, २२ बैशाख सोमबार  ५ : १८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको