२०८२, २२ बैशाख सोमबार

लागुऔषध नियन्त्रणदेखी फरार अभियुक्त पक्राउसम्मको तथ्य

लागुऔषध नियन्त्रणदेखी फरार अभियुक्त पक्राउसम्मको तथ्य

सिन्धुली प्रहरी प्रमुखले सार्वजनिक गरे जाँदाजाँदै एक वर्षे कामको फेरिहस्त


सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्‌लेले आफ्‌नो एक वर्षे बसाईका क्रममा गरेका कामहरुको फेरिहस्त सार्वजनिक गर्नुभएको छ ।
आज मध्यान्ह सरुवा भएर जाने क्रममा प्रहरी उपरिक्षक काफ्‌लेले खबरघरलाई उपलव्ध गराउनु भएको बिबरण अनुसार २०८१ बैशाख २३ देखी २०८२ बैशाख १९ सम्म सिन्धुली जिल्लामा रहेर शान्ति सुरक्षा काययम गर्ने क्रममा गरिएका मूख्य मूख्य कामहरुलाई लिपिवद्ध गर्नुभएको हो ।
लागुऔषध ओसार पसारको ट्रान्जिटको रुपमा रहेको सिन्धुली जिल्लाबाट एक वर्षको अबधीमा डरलाग्दो परिणाममा लागू औषध गाँजा बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
एक वर्षको अबधीमा लागुऔषध सम्बन्धी ३१ वटा मुद्दा दर्ता र ६९ जना मानिस पक्राउ परेको ७ सय ९० किलो ५ सय ३२.२० ग्राम गाँजा बरामद ९६ बोतल झोल पदार्थ, १२ सय ८८ वटा ट्याबलेट, २सय ४० ग्राम ९ सय १९ मि.ग्राम खैरो हिरोईन बरामद गरेको बताइएको छ ।
त्यसैगरी बिगत आबमा पेण्डिङ रहेका २३ वटा गम्भिर तथा जघन्य मुद्धा फछ्र्यौट गरिएको, पेण्डिङ मुद्धाका १७ जना प्रतिवादीहरु पक्राउ गरिएको जानकारी दिइएको छ ।
फैसला कार्यान्वयनतर्फ जम्मा २सय २१ फरार मध्ये यस चालू आ.व.मा ६९ जना प्रतिवादीहरु पक्राउ गरिएको, २० वर्ष ७ महिना १७ दिन कैद र १४ लाख २ हजार ४९ रुपैया जरिवाना असुल गरिएको एसपी काफ्‌लेले जानकारी दिनुभयो ।
त्यस्तै चालू आ.व.को बिभिन्न मितिमा भन्सार छली गरी ल्याएको २ करोड २७ लाख ५३ हजार सात सय तिन रुपैंया बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको राजस्व कार्यालय पठाएको उल्लेख गरिएको छ ।
जिल्ला सिन्धुली हरिहरपुरगढी गाउँपालिका ७ र ८ मा रहेका क्यानसिर, वन्चरेडाँडा, हर्लाभर्ला, काभ्रे, वरूणदोभान, भुतहा, ढाँडखोला, धारखोला लगायतका स्थानमा १६ विघा १० धुर लगाईएको अवैध गाँजा खेती पुर्ण रूपमा नष्ट गरिएको बताइएको छ ।

यस्तो छ सार्वजनिक गरिएको बिबरणः

  1. सवारी दुर्घटनाको न्यूनिकरणको प्रयास
  2. सवारी ज्यानमा- १८, सवारी भवितव्यमा-१० र सवारी अंगभंगमा ९ मुद्दा दर्ता भएको ।
  3.  सवारी दुर्घटना भएका सवारी साधन, घाईते, तथा मृतकको उद्दार तथा व्यवस्थापनको लागि तत्काल घटना स्थलमा प्रहरी टोली परिचालन गरी दुर्घटना भएका सवारीहरु-१६४, घाईते-३९२ जना, मृतक ६० जानको उद्दार गरिएको ।
  4. चालू आ.व.मा ९७९५ वटा सवारी साधनहरुलाई ट्राफिक करबाही रु.८७ लाख ३५ हजार ४ रुपैया राजश्व संकलन गरिएको ।
  5.  दुर्घटना न्यूनिकरण सम्बन्धी २४८२ वटा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको ।
  6. सवारी चालक प्रतिवद्धता Campaign सञ्चालन, रेडियो, टेलिभिजन मार्फत सडक दुर्घटना सम्बन्धी प्रसारण ।
  7. मा.प.से. र ला.प.से. नियन्त्रण गर्न ट्राफिकसँग संयुक्त चेकिङ गर्ने गरिएको ।
  8. ला.प.से. चेकजाँच अन्तर्गत २४६ जना चालकलाई गरिएकोमा ला.प.से.गरी सवारी चलाउने ७ वटा मुद्दा चलाई २७ जनालाई कानूनी दायरामा ल्याएको ।
  • विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन (बाढी पहिरो)
  • यस कार्यालय तथा मातहत समेतबाट आवश्यक उद्वार सामाग्री सहित प्र.क.हरू २४ घण्टा परिचालन हुने गरी तयारी अवस्थामा राखिएको ।
  • मिति २०८१।०६।११ र १२ गते परेको वर्षाको कारण जोखिममा परेको पुरुष २४९,महिला १९५,वालक ४७,वालिका ३७ जना गरी ५३८ जनालाई उद्बार  गरिएको ।
  • मिति २०८१।०६।१०, ११ र १२ गतेको अविरल बर्षाको कारण सिन्धुली जिल्लामा पर्ने वि.पि.राजमार्गहरुको बिभिन्न स्थानहरुमा कटान भई भएको क्षति तथा सुनकोशी, गोलन्जोर र हरिहरपुरगढी लगायतका गाँउपालिकाहरुमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको बाढी पहिरो, डुबानले धनजनमा पुर्‍याएको क्षति, राजमार्गमा बाढी र पहिरोका कारण फसेका यात्रुहरु, सवारी साधन तथा स्थानिय मानिसहरुको उद्दार, व्यबस्थापन र राहत बितरण कार्यहरुमा तत्काल अधिकतम प्रहरी जनशक्ति परिचालन गरी  सम्बन्धित निकाहरुसंगको समन्वय र सहकार्यमा प्रभावकारीरुपमा उद्दार तथा राहत बितरण गरेको ।
  • बिभिन्न निकासंगको समन्वयमा विपद व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण दिइएको ।
  • बिभिन्न निकायहरुको समन्वय र सहकार्यमा यस कार्यालय तथा मातहत समेतलाई विपद व्यवस्थानका बिभिन्न किसिमका सामाग्रीहरु उपलव्ध गराईएको ।
  • यस कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय सम्ममा कार्यरत सि.प्र.अ./जु.प्र.अ.को कमाण्ड तत्काल खट्ने गरी देनिक आवश्यक सामाग्री सहित टोली स्ट्याण्वाई राख्ने गरिएको ।
  • वन डढेलो तथा आगलागी सम्बन्धी  ७० वटा कार्यक्रम सञ्चालन गरिएको । (२८६० जना लाभान्वित)
  • नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गरी विपद उद्धारको DEMO सञ्चालन ।
  • फैसला कार्यान्वयन तर्फ:
  • प्रभाबकारी प्रहरी परिचालन गरी फैसला कार्यान्वयन तर्फ जम्मा  ६९ जना फरार अपराधी पक्राउ गर्न सफल भएको ।

कैद – २२ वर्ष ७ महिना १९ दिन, जरिवाना-१४०२०४९।-

  • राजश्व संकलन/अवैध सामान बरामद:
  • राजश्व संकलन: ट्राफिक करबाही संख्या ९७९५ (राजश्व:८७ लाख ३५ हजार ४ रुपैया )
  • अवैध सामान बरामद: रु.२२७५३४०३( दुई करोड सत्ताइस लाख त्रिपन्न हजार हजार चार सय तीन)
  • मुख्य मुख्य घटनाको अनुसन्धान :- कर्तव्य ज्यान/हा.ह./जवरजस्ती करणी

कर्तव्य ज्यान- ४   हा.ह.-३   जवरजस्ती  करणी-१६, ज.ज.क.उ.-६

सफल अनुसन्धानतर्फ

गोली प्रहार गर्ने, डलर ठगी गर्ने, बम विष्फोट गर्ने गिरोह तथा संलग्न व्यक्तिहरु पक्राउ

  • मिति २०८१।०७।२५ गते दिउँसो अं.१४;३० बजेको समयमा सिन्धुली जिल्ला हरिहरपुरगढी गा.पा.-६ झप्सी स्थित खोल्सीमा चालक प्रेम बहादुर बोम्जन र पछाडी सवार दिल बहादुर बोम्जन रहेको मोटरसाईकललाई तीन जना अपरिचित व्यक्तिले रोकी डाँका चोरी गर्न खोज्दा स्थानिय मानिस आएको थाहा पाई अपरिचित व्यक्तिहरुले ज्यान मार्ने मनसायले गोली प्रहार गरी फरार भएको सुचना प्राप्त भई तत्काल प्रहरी खटी गई उक्त गोली प्रहार गर्ने गिरोहका जिल्ला सर्लाही बागमती नगरपालिका वडा  नं. ७ तुफानपुर बस्ने कंचन ठाकुर र तेतरी देवीको छोरा वर्ष ३१ को प्रमानन्द भन्ने विजनन्दन ठाकुरलाई २४ घण्टा भित्र पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
  • मिति २०८१।०२।१३ गते अं. १७:२० बजेको समयमा जिल्ला सिन्धुली गोलन्जोर गा.पा.-७ लौकुन स्थितमा डलरको पोको भनी रुमालमा पोका पारी रु.२० का नेपाली नोट र सादा कागजका टुक्राहरु दिई जिल्ला ईलाम, ईलाम नगरपालिका वडा नं. १ बस्ने बर्ष ४४ को राजु गौतमसंग साथमा रहेको रु.१८,००,००० (अठार लाख) नेपाली रकम ठगी गर्ने जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.३ बस्ने तिलक बहादुर तामाङको छोरा बर्ष २४ को श्याम तामाङ,  ऐ.ऐ.बस्ने डुक बहादुर पाईनको छोरा बर्ष  २६ तेन्जेन पाईन र ‌ऐ.ऐ. बस्ने सकल बहादुर पाईनको छोरा बर्ष २७ को नारायण बहादुर पाईनलाई पक्राउ गरी कानुनी दायरामा ल्याईएको ।
  • मिति २०८०।१२।०२ गते अं. ०३;०० बजेको समयमा जिल्ला सिन्धुली सुनकोशी गा.पा.-१ मा रहेको नेपाल टेलिकम (NTC) को टावरमा र मिति २०८०।१२।२९ गते विहान अं. ०२;४५ बजेको समयमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं.४, खट्टार स्थित रहेको एनसेल (Ncell) को टावरमा बम बिष्फोट गराउने परिवर्तन भन्ने कपिल सुनुवार र हिरा हायु समेतको गिरोहले PEOPLE LIBERATION ARMY जनमुक्ति सेना नामको संगठन खोली आपराधिक लाभ लिने उद्देश्य राखी बम विष्फोट गराएको अनुसन्धानद्वारा खुल्न आएको हुँदा जिल्ला सिन्धुली सुनकोशी गा.पा.-२ बस्ने खड्ग बहादुर सुनुवारको नाती एक बहादुर सुनुवार र गंगा माया  सुनुवारको छोरा वर्ष ४६ को परिवर्तन भन्ने कपिल सुनुवार, ऐ.ऐ. बस्ने अशोक बहादुर हायुको नाती प्रकाश हायु र सम्झना हायुको छोरा वर्ष २४ को सुजन भन्ने हिरा हायु र ऐ.ऐ.बस्ने एक बहादुर सुनुवार नाती तिलक भन्ने गोविन्द बहादुर सुनुवारको छोरा अं. वर्ष १९ को रोशन भन्ने शुशिल सुनुवारलाई पक्राउ कानुनी दायरामा ल्याएको  ।
  • मिति २०८१।०४।२८ गते राती अं. २०;३० बजेको समयमा जिल्ला सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ क्यानेश्वर बस्ने वर्ष अं. २१ को अमृत भन्ने टेक बहादुर घिमिरे वि.क. ले आफ्नै बुबा वर्ष ५२ को लाल बहादुर घिमिरे कामीलाई बन्‍चरोले हानी कर्तव्य गरी घटनास्थलमा नै मारी फरार भएको भन्ने समेत व्यहोराको सूचना प्राप्त हुनसाथ निज अमृत भन्ने टेक बहादुर घिमिरे वि.क. लाई खोजतलास गर्ने क्रममा निजलाई ऐ. २९ गते राती अं. ००:४५ बजेको ‍समयमा पक्राउ गरी कानूनी दायरामा ल्याईएको र निज अमृत भन्ने टेक बहादुर घिमिरे वि.क. पुर्पक्षका लागि कारागार चलान भएको ।
  • म जाहेरवालाको बहिनी वर्ष १६ की परिवर्तित नाम सिन्धुलीमाडी (१४) लाई प्रतिवादी सोनाम लामा भन्ने सोम बहादुर स्याङ्बाले मिति २०८१।०४।२३ गते राती अं. २२;०० बजेको समयमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ४ ढुङ्ग्रेवास स्थित रहेको अनमोल गेष्ट हाउसमा लगि विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरी ८ महिनाको गर्भ समेत रहेको भनी मिति २०८१।१२।०९ गते निजको दाई परिवर्तित नाम ०८१।०८२ सिन्धुलीमाडी १४ (घ) ले यस कार्यालयमा जाहेरी दरखास्त लेखी पेश गरेकोमा निज सोनाम लामा भन्ने सोम बहादुर स्याङ्बाको तत्काल लोकेशन माग गर्दा रामेछाप देखाएको र लोकेशन माग गर्दैको क्रममा खुर्कोट देखाए पश्चात् निजलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको निज सोनाम लामा भन्ने सोम बहादुर स्याङ्बा पुर्पक्षका लागि कारागार चलान भएको ।
  • मिति २०८२।०१।०२ गते अं. १४:०० बजेको समयमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ९ भिमान स्थित वि.पि. राजमार्ग सडकमा गोप्य सूचनाको आधारमा आवात जावत गर्ने सवारी साधनहरु रोकी चेक जाँच गर्ने क्रममा काठमाण्डौ तर्फ जाँदै गरेको  बा. ५ ख. ६८०३ नम्बरको हायस गाडी रोकी चेकजाँच गर्दा जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.९ बस्ने ४२ को सरोज खड्काले लगाएको भित्री वस्त्रमा प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा २१.९१० ग्राम लागू औषध खैरो हिरोईन फेला परेको हुँदा निजलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
  • सामुदायिक लगायतका अन्य कार्यक्रम अन्तर्गत:
  1. चालू आ.व.मा ८४ वटा विद्यालयका शिक्षकहरुलाई Police Teacher नियुक्ति तथा प्रशिक्षण प्रदान र ७ वटा पालिकासंग सम्झौतामा हस्ताक्षर गरी पाठ्यक्रम पुस्तक संचालनमा ल्याईएको ।
  2. अल्पसंख्यकसंग नेपाल प्रहरी कार्यक्रम अन्तर्गत मुसहर बस्तिमा २९ सचेतना तथा अन्तरक्रिया र लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध ६७ वटा सप्ताहव्यापि कार्यक्रम संचालन गरिएको ।
  3.  आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन गर्न जिल्ला स्तरिय-१, पालिका स्तरिय-९, र वडा स्तरिय-५९ वटा समिति गठन गरिएको ।
  4.  लैङगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया,प्रशिक्षण, छलफल सडक नाटक लगायतका ९९ वटा कार्यक्रमहरू संचालन गरिएको र चाडपर्व लक्षित सवारी दुर्घटना रोकथाम गर्न ५ वटा कार्यक्रम संचालन गरिएको ।
  5. नागरिकहरुको गुनासो बुझ्न तथा व्यबस्थापन गर्न ३ वटा नागरिक सुनुवाई कार्यक्रम संचालन गरिएको ।
  6.  समुदाय प्रहरी साझेदारी लयायतका अन्य ९५१ वटा कार्यक्रम संचालन गरिएको ।
  7. प्रहरी विद्यालय सम्पर्क समिति गठनमा  प्राथमिकतामा राखि Police Teacher नियुक्ति तथा प्रशिक्षण गरीएको  ।
  8. अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कानूनी व्यवस्था तथा सहजिकरणको लागि (Focal person) सहित जिम्मेवारी दिई कार्ययोजना सहित नियमित कार्यक्रमहरु अगाडी बढाईएको ।
  9. Police Teacher नियुक्ति तथा विद्यालय लक्षित सचेतनामुलक कार्यक्रम संचालन सम्बन्धि कार्ययोजना २०८१ साझेदारी पत्रमा विभिन्न स्थानियतहका पालिकाहरुसंग हस्ताक्षर गरी पाठ्यक्रम पुस्तक संचालनमा ल्याईएको ।
  10. अल्पसंख्यक संग नेपाल प्रहरी कार्यक्रम अन्तर्गत मुसहर बस्तिमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम ।
  11. लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध सप्ताहव्यापि कार्यक्रम  संचालन गरिएको ।
  12. लैङगिक हिंसा नियन्त्रण संजाल समितिको पुनर्गठन तथा नियमित समिक्षा बैठक गर्ने गरिएको ।
  • सिर्जनशिल कार्य/ नवप्रर्वद्धनात्मक कार्यक्रमहरू
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा नागरिक सहायता कक्षमा पुस्तकालय, कार्यालयको गेटमा Led Digital Board र Fountain सहितको अमर प्रहरी स्मारक, अमर प्रहरी उद्यान (बगैचा) निर्माण, Arro Head Board राख्ने कार्य गरिएको ।
  • अन्यत्र जिल्ला स्थित प्रहरी कार्यालयहरुबाट यस कार्यालयमा सरुवा भई आउनु भएका नव आगन्तुक प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण(Induction) कार्यक्रमको सुरुवात गरिएको ।
  • जि.प्र.का.सिन्धुली र मुद्दा चल्ने मातहत इ.प्र.का.हरुको हिरासत निग्रानीको ९० दिनको अभिलेख भण्डारण क्षमताको CCTV राखिएको ।
  • Nature Walk सहित स्थानिय नागरिकहरुसंग भेटघाट एंव अन्तरकृया,
  • गुनासो तथा सुझाव व्यवस्थापनको लागि QR Scan को थालनि ।
  • अनुदान सहितको अनुगमन कार्यक्रमलाई विशेष प्रथमिक्तामा राखि निरन्तर्ता दिएको ।
  • प्रहरी कर्मचारीहरुलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन र Motivational Factors अन्तर्गत प्रहरी कर्मचारीहरुको लागि निशुल्क हेल्थ क्याम्प, प्रत्येक महिनाको १ र १५ गते कार्यालय प्रमुख देखी कार्यालय सहयोगीसम्म एउटै मेशमा खाना खाने व्यवस्था मिलाईएको ।
  • Motivational factors अन्तर्गत Aerobics तथा jumba Exercise को सुरुवात गरिएको ।
  • प्रहरी कर्मचारीहरुका लागि Health camp संचालन गर्ने गरिएको गुनासो व्यवस्थापनको लागि QR Scan को थालनि ।
  • प्रहरी कर्मचारीहरु,आगन्तुक सेवाग्राहीहरु र अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यक्तिहरु समेतको लागि पुस्तक अध्य्यन गर्न पाउने गरी पुस्तकालय संचालनमा ल्याईएको ।
  • नियमित रुपमा प्रहरी कर्मचारीहरुका लागि अन्तरक्रिया तथा Motivational Class हरु विज्ञहरुद्वारा संचालन गरिएको ।
  • प्रहरीलाई प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनिकरण गर्न आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीसंग सहकार्य गरि तिन दिने तालिम संचालन गरिएको ।
  • मिति २०८१।१२।२१ र २२ गते वन डढेलो जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न गरिएको ।
  • मिति २०८१।०१।१७ गते जिल्ला प्रशासन कार्यलयको सभाहलमा लागू औषध न्यूनिकरण सम्बन्धी सरोकारवाला निकायका पदाधिकारीहरु सगँ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको ।
  • (Police Baton) २०८१ को निरीक्षण:-
  • आ-आफ्नो कार्य क्षेत्रमा सुम्पिएको जिम्मेवारी ईमान्दार र अनुशासित भई प्रशंसनीय एवं उत्कृष्ट ढंगबाट सम्पादन गरी संगठनको छविलाई उच्च राख्ने कार्य गरेको हुँदा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडाको च.न. १९४ मिति २०८१।०४।१८ गतेको पत्रले नगद रु १५,००।– पुरस्कृत भएको ।
  • मिति २०८१।०५।१५ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीको  नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन (Police Baton) २०८१ मा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको नागरीक सहायता कक्ष प्रथम हुँदा प्रशंसा पत्र समेत प्राप्त ।

प्रकाशित मिति : २०८२, २२ बैशाख सोमबार  ८ : १२ बजे

लागुऔषध नियन्त्रणदेखी फरार अभियुक्त पक्राउसम्मको तथ्य

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्‌लेले आफ्‌नो एक वर्षे बसाईका क्रममा

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई

आजको मौसम : कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु

एनआरएनए एकता महाधिवेशन उदघाटन गर्न राष्ट्रपतिलाई निम्तो 

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को यही वैशाख २०