२०८२, १८ मंसिर बिहीबार

विदेश जान रोक्न स्वदेशमै रोजगारमूलक तालिम

विदेश जान रोक्न स्वदेशमै रोजगारमूलक तालिम


मुगु । बेरोजगारीको कारण दैनिक ३० देखि ४० जनासम्म मुगुका युवाहरु विदेशिने गरेको तथ्यांक छ । विदेशिनेको संख्या घटाउने उद्देश्यले छाँयानाथ रारा नगरपालिकाले नयाँ कार्यक्रम संचालन गरिरहेको छ ।

बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले (ब्यवसाय र सिर्जनशील प्रशासन बिकास समृद्धि र शुसासन) युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तरगत संचालित कार्यक्रमले युवा जागरण ल्याएको छ ।
कार्य स्थलमा आधारित तथा जीवन उपयोगी सीप बिकासमा इलेक्ट्रिसियन तालिमले युवाहरु आशावादी समेत देखिएका छन् ।नगरपालिका भित्र रहेका ३,४,५ र ११ वडामा ४० जना युवालाई ५० दिने तालिमबाट सीप सिकेर बेरोजगारलाई स्वरोजगार र उद्यमी बनाउने अभियान सुरु गरिएको हो ।

उक्त परियोजना अन्तर्गत हाउस वायरिङ, ईलेक्ट्रिसियन तालिम आयोजना गरिएको हो । सीप सिक्ने युवालाई प्रति दिन पाँचसय ६८ रुपैयाँको दरले प्रतिब्यक्ति ३३ हजार आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।
आगामी बर्ष ड्राइभिङ, सिलाइ–कटाइ, मोवाइल मर्मत कम्प्युटर सम्बन्धि लोक सेवा कक्षालगायतका कार्यक्रमहरु अघि सार्ने योजना राखिएको नगर प्रमुख बिस्नु कुमार भामले बताए ।

बेरोजगारलाई उद्यमशीलतातर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेश हुने पलायन दर रोक्न संघीय र प्रदेश सरकार तथा सबै पालिकासंग सहकार्य गरेर प्रदेशभरका जिल्लाहरुका काम काम गर्दै आएको राप्ती शिक्षालय सुर्खेतका प्रतिनिधी जस बहादुुर बुढाले बताए ।
‘तालिम लिएर मात्र हुँदैन् यसका लागि आफूपनि केही मेहेनत गर्नुपर्ने हुन्छ । तालिमपछि रोजगारी पाएको सुन्न पाइयोस भन्ने अपेक्षा राखिएको छाँयानाथ रारा नगरपालिका रोजगार शाखा प्रमुख नेत्र बहादुर बुढाले बताए ।
दान बहादुर बुढा नेपाल न्यूज बैंक)

प्रकाशित मिति : २०८१, १८ चैत्र मंगलबार  ११ : ३९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको