२०८२, ४ फाल्गुन सोमबार

विदेश जान रोक्न स्वदेशमै रोजगारमूलक तालिम

विदेश जान रोक्न स्वदेशमै रोजगारमूलक तालिम


मुगु । बेरोजगारीको कारण दैनिक ३० देखि ४० जनासम्म मुगुका युवाहरु विदेशिने गरेको तथ्यांक छ । विदेशिनेको संख्या घटाउने उद्देश्यले छाँयानाथ रारा नगरपालिकाले नयाँ कार्यक्रम संचालन गरिरहेको छ ।

बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले (ब्यवसाय र सिर्जनशील प्रशासन बिकास समृद्धि र शुसासन) युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तरगत संचालित कार्यक्रमले युवा जागरण ल्याएको छ ।
कार्य स्थलमा आधारित तथा जीवन उपयोगी सीप बिकासमा इलेक्ट्रिसियन तालिमले युवाहरु आशावादी समेत देखिएका छन् ।नगरपालिका भित्र रहेका ३,४,५ र ११ वडामा ४० जना युवालाई ५० दिने तालिमबाट सीप सिकेर बेरोजगारलाई स्वरोजगार र उद्यमी बनाउने अभियान सुरु गरिएको हो ।

उक्त परियोजना अन्तर्गत हाउस वायरिङ, ईलेक्ट्रिसियन तालिम आयोजना गरिएको हो । सीप सिक्ने युवालाई प्रति दिन पाँचसय ६८ रुपैयाँको दरले प्रतिब्यक्ति ३३ हजार आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।
आगामी बर्ष ड्राइभिङ, सिलाइ–कटाइ, मोवाइल मर्मत कम्प्युटर सम्बन्धि लोक सेवा कक्षालगायतका कार्यक्रमहरु अघि सार्ने योजना राखिएको नगर प्रमुख बिस्नु कुमार भामले बताए ।

बेरोजगारलाई उद्यमशीलतातर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेश हुने पलायन दर रोक्न संघीय र प्रदेश सरकार तथा सबै पालिकासंग सहकार्य गरेर प्रदेशभरका जिल्लाहरुका काम काम गर्दै आएको राप्ती शिक्षालय सुर्खेतका प्रतिनिधी जस बहादुुर बुढाले बताए ।
‘तालिम लिएर मात्र हुँदैन् यसका लागि आफूपनि केही मेहेनत गर्नुपर्ने हुन्छ । तालिमपछि रोजगारी पाएको सुन्न पाइयोस भन्ने अपेक्षा राखिएको छाँयानाथ रारा नगरपालिका रोजगार शाखा प्रमुख नेत्र बहादुर बुढाले बताए ।
दान बहादुर बुढा नेपाल न्यूज बैंक)

प्रकाशित मिति : २०८१, १८ चैत्र मंगलबार  ११ : ३९ बजे

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै