२०८२, २३ कार्तिक शनिबार

एमाले बागमतीद्वारा सम्मृद्धिका लागि कार्यशालाको आयोजना

एमाले बागमतीद्वारा सम्मृद्धिका लागि कार्यशालाको आयोजना


ललितपुरः नेकपा एमाले वागमती प्रदेश कमिटीले प्रदेश स्तरिय सम्मृद्धिको योजना निर्माणका लागि कार्यशालाको आयोजना गरेको छ ।
आज शनिवार पार्टी मूख्यालय च्यासलमा बागमती प्रदेशको सम्बृद्धिका लागि एमालेद्धारा गठित कार्यदलद्धारा आयोजना गरिएको कार्यशाला एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षता र इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यशालालाई सम्बोधनगर्दै डा. भट्टराईले प्रदेश मातहत रहेका जिल्लाहरुबाट सम्बृद्धिका लागि स्पष्ट योजनाहरु निर्माण गराउन सहयोग पुगोस् भन्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा बुद्धिजीबि परिषदका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य दिनेश चन्द्र देवकोटाले आफ्‌नो भनाई राख्नु भएको थियो । पार्टी उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले नेकपा एमालेले अगाडि सारेको विकास र सम्मृद्धिको योजनालाई सफल बनाउन जिल्ला तहमा दिर्धकालिन विकासका मोडेलहरुलाई छनोटगरी अगाडि बढाउन सजिलो होस् भन्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रममा बागमती प्रदेश अर्न्तगत १३ जिल्लाका ५० जना भन्दा बढी नेताहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा सहभागी नेताहरुले आफ्‌नो जिल्लाको विकास र सम्मृद्धिको खाका तयार गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०८१, १० फाल्गुन शनिबार  ८ : ३४ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा