२०८३, २२ आश्विन शुक्रबार

एमाले बागमतीद्वारा सम्मृद्धिका लागि कार्यशालाको आयोजना

एमाले बागमतीद्वारा सम्मृद्धिका लागि कार्यशालाको आयोजना


ललितपुरः नेकपा एमाले वागमती प्रदेश कमिटीले प्रदेश स्तरिय सम्मृद्धिको योजना निर्माणका लागि कार्यशालाको आयोजना गरेको छ ।
आज शनिवार पार्टी मूख्यालय च्यासलमा बागमती प्रदेशको सम्बृद्धिका लागि एमालेद्धारा गठित कार्यदलद्धारा आयोजना गरिएको कार्यशाला एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षता र इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यशालालाई सम्बोधनगर्दै डा. भट्टराईले प्रदेश मातहत रहेका जिल्लाहरुबाट सम्बृद्धिका लागि स्पष्ट योजनाहरु निर्माण गराउन सहयोग पुगोस् भन्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा बुद्धिजीबि परिषदका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य दिनेश चन्द्र देवकोटाले आफ्‌नो भनाई राख्नु भएको थियो । पार्टी उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले नेकपा एमालेले अगाडि सारेको विकास र सम्मृद्धिको योजनालाई सफल बनाउन जिल्ला तहमा दिर्धकालिन विकासका मोडेलहरुलाई छनोटगरी अगाडि बढाउन सजिलो होस् भन्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रममा बागमती प्रदेश अर्न्तगत १३ जिल्लाका ५० जना भन्दा बढी नेताहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा सहभागी नेताहरुले आफ्‌नो जिल्लाको विकास र सम्मृद्धिको खाका तयार गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०८१, १० फाल्गुन शनिबार  ८ : ३४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य