२०८२, ९ माघ शुक्रबार

एमाले बागमतीले प्रचारको कामलाई व्यवस्थित गर्ने

एमाले बागमतीले प्रचारको कामलाई व्यवस्थित गर्ने


काठमाडौं: नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको प्रथम बैठक शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । 

प्रदेश कमिटी उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार संयोजक सुवास देवकोटाको प्रमुख आतिथ्यतामा भएको बैठकले प्रदेशको प्रचार प्रसारको कामलाई व्यवस्थित रूपले अघि बढाउने निर्णय गरेको छ । 

बैठकले प्रदेश प्रचार विभागका सदस्यहरूको कार्य विभाजन गर्नुको साथै प्रदेश प्रचार डेक्स स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टी प्रदेश र जिल्लाका सूचना तथा गतिविधि समेत समावेश गर्ने गरी प्रदेश कमिटीको छुट्टै वेबसाइट निर्माण गर्ने निर्णय समेत बैठकले गरेको प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव प्रेम दाहालले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले प्रचार पार्टीको मेरुदण्ड भएको बताउनुभयो । संगठनको आधार नै प्रचारको कामले निर्माण गर्नुभएकोले पार्टी निर्माणमा प्रचार पहिलो काम भएको उहाँको धारणा छ । 

सबै सञ्चारमाध्यमसँग सहकार्य, समन्वय र परिचालन गरी पार्टीका अभियान जनतासम्म पुर्‍याउनु पर्नेमा देवकोटाले जोड दिनुभयो । पार्टीका सबै कार्यकर्तालाई प्रचारका योद्धा बनाउनु पर्ने उहाँको भनाइ छ । 

देवकोटाले प्रचारको विषय संवेदनशील विषय भएकोले यो आफैँमा गम्भीर चुनौतीको काम भएको पनि बताउनुभयो । उहाँले सकारात्मक प्रचारले पार्टी प्रति सकारात्मक धारणा बन्ने र कसैले नकारात्मक प्रचार गरिदिँदा त्यसको सन्देश पनि नकारात्मक जाने कुरा बिर्सन नहुने धारणा राख्नुभयो । 

कार्यक्रमकी अध्यक्ष लामाले प्रचारको माध्यमबाट कसरी पार्टीलाई बलियो बनाउन सकिन्छ भन्ने विषयमा प्रदेश प्रचार तथा प्रकाशन विभागको ध्यान केन्द्रित रहेको बताउनुभयो । एमालेले गरेको राम्रो कामको मात्रै सही प्रचार हुन सकेको भए पनि अहिले देश यति धेरै निराशाको अवस्था जाने स्थिति नआउने उहाँको धारणा छ । 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले पार्टीको प्रचार विभाग र प्रेस चौतारीको प्रचार अभियानलाई जोडेर लैजानु पर्ने बताउनुभयो । उहाँले प्रेस चौतारी आबद्ध पत्रकारको क्षमता विकासको विषयमा पनि पार्टी प्रचार विभागको ध्यान जानु पर्नेमा जोड दिनुभयो । 

प्रकाशित मिति : २०८१, ११ श्रावण शुक्रबार  ९ : ०० बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको