२०८२, ३ फाल्गुन आईतबार

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित


काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

बुधवार भएको उपाध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनकी घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनलाई एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित हुँदा  प्रतिष्पर्धी पुडासैनीले १६ मत प्राप्त गरिन् । विजयी भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले भने, ‘म आफ्नो व्यक्तिगत तथा राष्ट्रिय सभाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार ३ सय ३८ मत प्राप्त गर्दै उनले कांग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् ।

प्रकाशित मिति : २०८०, २८ चैत्र बुधबार  ५ : ४४ बजे

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी

डाँडापारीमा अमित लामाको संकल्प

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं.

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका

महाशिवरात्रिले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव