२०८२, १९ चैत्र शुक्रबार

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलले दाबी गर्दै

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलले दाबी गर्दै


काठमाडौं । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद मंगलबार सकिदैछ । सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् ।

तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ । एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।

४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १÷१ जना सांसद छन् ।

प्रकाशित मिति : २०८०, २७ चैत्र मंगलबार  १० : १७ बजे

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध