२०८३, १९ भाद्र शनिबार

हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन

हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन


हुम्ला, ३ पुस  : हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ ।

विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता महिलालाई उनीहरूका बाबुले नै घरबासको बस्दोबस्त गरिदिने प्रथालाई हुम्लामा न्येलु प्रथाका रूपमा चिनिन्छ । कानुनले वर्जित गरेको तर समाजमा विगतमा चलिआएको यो प्रथालाई कतिपयले कुप्रथा पनि भन्ने गर्छन् ।

पछिल्लो समय युवामा शिक्षा र चेतनाकै कारण गाउँमा यो प्रथा निकै घट्न थालेको पाइएको छ । यो परम्परा लामो समयदेखि रहे पनि यता चार वर्षमा यस्तो प्रथाअनुरूप बच्चा नजन्मिएको स्थानीय बताउँछन् ।

लिमीका तीनै गाउँमा युवती बढी तर युवक कम भएकै कारण न्येलु प्रथा विगतमा मौलाउन पाएको भए पनि केही वर्षयता लिमीबाट छोरी काठमाडौंँ र भारतका विभिन्न स्थानमा अध्ययन गर्न जान थालेपछि यो प्रथा कम भएको स्थानीय फुर्बु तामाङले बताए ।

लिमीका तीनै गाउँमा पहिलेबाटै न्येलु प्रथा मानेर बसेका महिलाको सङ्ख्या अहिले १६ छ । लिमीमा १४७ घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या छ । यो प्रथा अनुसार छोरीले विवाह नगरी कसैको बच्चा जन्माएमा बाबुले एकसरो व्यवस्था गरेर राख्नुपर्ने चलन छ ।
न्येलुु प्रथाका १६ जनालाई बाबुले व्यवस्था गरेको घरमा बस्दै आएका छन् तर बच्चाको बाबुले भने केही जिम्मेवारी नलिने चलन अनौठो नै छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ७ : ४१ बजे

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ

बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौति

काठमाडौं । विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोट क्षेत्रमा

नुवाकोटका बाढीपीडितलाई कोरिया रिटर्नी संस्थाहरूद्वारा संयुक्त राहत सामग्री हस्तान्तरण

काठमाडौं । भदौ १० गतेको बाढीबाट प्रभावित नुवाकोटका बासिन्दालाई दक्षिण

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक