२०८३, २३ आश्विन शनिबार

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य


काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वर्षाका कारण खेल १५ ओभरमा छोट्याइएको थियो । निर्धारित १५ ओभरमा नेपालले चार विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५७ रन बनाए । उनले ३२ बलको सामना गर्दै पाँच चौका र तीन छक्का प्रहार गरे , उनी नटआउट रहे ।

यस्तै, लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५२ रन बनाए । उनले ६ छक्का र एक चौका प्रहार गरे । बमले खेलको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् ।

ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाए । कुशल भुर्तेल १२ बलमा चार रन बनाएर आउट भए । त्यस्तै, कुशल मल्ल र गुल्सन झा समान दुई रनमा पवेलियन फर्किए ।

प्रकाशित मिति : २०८३, ९ आश्विन शनिबार  ९ : १३ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि