२०८२, १६ मंसिर मंगलबार

जाडो मौसमका बेहुलीले ध्यान दिनुपर्ने कुरा

जाडो मौसमका बेहुलीले ध्यान दिनुपर्ने कुरा


अव मंसिर महिना शुरुहुनै लागेको छ । मंसिर महिनामा सबैभन्दा बढी विवाह हुन्छ । यो महिनादेखि नै चिसो पनि बढ्ने भएकाले अनुहारका साथसाथै हातखुट्टाको समेत राम्रोसँग स्याहार गर्नुपर्ने हुन्छ ।

यो मौसममा चल्ने चिसो हावाले छालाको नरमपन सोसेर त्यसलाई सुख्खा तथा चाउरीयुक्त तुल्याउँछ तसर्थ छालाको बाहिरी हेरचाहका साथै खानपानमा पनि केही परिवर्तन गर्नुपर्छ । झोल तथा पोषणयुक्त ९प्रोटिन बढी भएका० खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ भने मसालेदार एवं चिल्लो–पिरो खाने कुरा कम खानुपर्छ ।

यो मौसममा बेहुली हुनेहरूले एक महिनाअघिदेखि नै आफ्नो स्वास्थ्य, अनुहार, हातखुट्टा तथा केशको रेखदेख गर्नुपर्ने हुन्छ ।

केश :  यो मौसममा केश बढी सुख्खा भएर झर्ने, टुक्रने तथा चिलाउने समस्या हुन्छ । यसलाई रोक्न हप्तामा तीन पटक मनतातो तेलले केश मसाज गर्नुपर्छ । केशको जरामा प्याजको रस दलेर एक घन्टापछि पखाल्दा जरा बलियो भै केश झर्न तथा टुक्रन कम हुन्छ ।

छाला : यो मौसममा शरीरको छाला सुख्खा हुन्छ । अझ हातखुट्टा तथा अनुहार बढी खुल्ला हुने भएकाले मौसमको मार पनि यी भागमै बढी पर्छ फलस्वरूप छाला फुट्ने तथा चाउरी पर्ने समस्या उत्पन्न हुन्छ । यसबाट जोगिन ग्लिसिरिनमा रोजवाटर मिसाएर सुत्नुअघि अनुहार तथा हातखुट्टामा लगाई हल्कासँग मसाज गर्नुपर्छ अनि बिहान सफा पानीले पखालेर मोइस्चराइजर बढी भएको राम्रो क्रिम लगाउनुपर्छ । यसबाट छाला मुलायम तथा चम्किलो रहन्छ ।

ब्राइडल मेकअप गर्ने विधि

ब्राइडलमेकअप गर्नुअघि फेस क्लिन्जिङ (सफा) गर्ने । त्यसपछि रोजवाटर वा टोनरले फेसमा स्प्रे गर्ने । अनुहार बढी सुख्खा छ भने थोरै मोइस्चराइजर प्रयोग गर्ने । त्यसपछि फेस प्राइमर लगाउने अनि कन्ट्रोलरले फेसको सेप मिलाउने । आफ्नो छालाको रंगसँग मिल्दो फाउन्डेसन लगाउने । त्यसपछि आइमेकअप गर्ने । आँखामा डार्क सर्कल छ भने आँखा वरिपरि वेसकोट लगाउने अनि पहिरन सुहाउने गरी गोल्डेन तथा रेड कलर मिक्स गरेर आइस्याडो लगाउने ।

आँखाको माथिल्लो भागमा गोल्डेन वा ह्वाइट कलरले हाइलाइट गर्ने । त्यसपछि आँखाको सेपअनुसार आइग्लास लगाउने अनि त्यसमाथि आइलाइनर लगाई फेरि मस्कारा लगाउने । त्यसपछि रोज वा ब्लसरले गाला, चिउँडो तथा नाकमा हल्का टच–अप गर्ने । ओठमा पहिरन सुहाउँदो वाटरप्रुफ लिपिस्टिक लगाउने । यसरी अनुहारको मेकअप पूरा भएपछि केशमा जुरो बनाउन सकिन्छ ।

अनुहारको बनावटअनुसार सिउँदो बनाई पफ उठाएर रोज जुरो वा हेभी जुरो बनाउने । बेहुलीले आधुनिक मेकअप गर्न चाहे एयरब्रस इलेक्ट्रिक वाटरप्रुफ मेकअप पनि गर्न सक्छन् । त्यसका लागि भने पार्लर नै जानुपर्ने हुन्छ ।  सिर्जना प्रधान

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ८ : १४ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी