२०८२, ९ पुस बुधबार

हेटौँडामा मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि कारवाही

हेटौँडामा मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि कारवाही


हेटौँडा, १३ कात्तिक: हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयले तोकिएको मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि आजदेखि कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

कार्यालयका अनुसार पाँच उद्योगलाई जरिवानासहितको कारवाही गरिएको छ । लामो समयदेखि जग्गा लिएर उद्योग सञ्चालन नगरेका २२ उद्योगको सम्झौता रद्द गर्नेसम्मको कारवाहीको प्रक्रिया अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपालभूषण वैद्यले जानकारी दिनुभयो । कार्यालयले उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने, दर्ता समयमा नगर्ने र तोकिएको मापदण्डभन्दा विपरीत उद्योग सञ्चालन गर्ने भविष्य मैदा मिल, सुजल डेरी इण्डस्ट्रिज, सुजल फुड प्रालि, बानियाँ मल्टी प्रोडक्ट इण्डस्ट्रिज प्रालि र त्रिशक्ति पोली प्याक्स उद्योगलाई रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना गरेको छ ।

कार्यालयले कारवाहीमा परेका अन्य २२ उद्योगलाई ३५ दिनदेखि तीन महीनाभित्र सम्झौता अनुसार उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको जग्गा ओगटेर उद्योगका लागि पूर्वाधारसमेत नबनाएका उद्योगलाई ६ महीनाभित्र पूर्वाधार तयार गर्नसमेत कार्यालयले निर्देशन दिएको छ । औद्योगिक क्षेत्रका भवन जीर्ण भइसकेका छन् ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ३० बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ