२०८३, १८ कार्तिक बुधबार

प्रदेश नं ५ को सञ्चार नीति सार्वजनिक

प्रदेश नं ५ को सञ्चार नीति सार्वजनिक


बुटवल, ९ कात्तिक: प्रदेश नं ५ को सरकारले प्रदेशको सञ्चार नीति २०७५ आज सार्वजनिक गरेको छ । नागरिकको सुुसूचित हुन र अभिव्यक्त गर्न पाउनेसम्बन्धी हकअधिकार संरक्षण गर्ने र सञ्चारमाध्यम तथा सञ्चारकर्मीको स्वतन्त्रताको संरक्षण गर्ने व्यवस्था मिलाउन सञ्चार नीतिले मुख्य लक्ष्य लिएको छ ।

सञ्चार नीतिको सार्वजनिकीकरण तथा प्रदेश मामिला सूचना केन्द्रको आज मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्नुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा सञ्चालनमा ल्याइएको सूचना केन्द्रले सूचना केन्द्रमा अहिले विपद्, शान्ति सुरक्षा, आकस्मिक घटना र जनताका सुझाव तथा गुनासो गरी चार वटा विषयसँग सम्बन्धित डेस्क स्थापना गरेको छ । मुख्यमन्त्री पोखरेलले सूचना केन्द्र नागरिकसँगको सम्बन्ध जोड्ने महत्वपूर्ण पक्ष भएकाले तल्लो तहसम्म सूचना केन्द्र स्थापना गर्न आवश्यक भएको बताउनुभयो । उहाँले विपद्को बेला सूचना पाउने कुरा महत्वपूर्ण हुने र प्राप्त सूचनाको विश्लेषण गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले ल्याएको सञ्चार नीति सञ्चारमैत्री वातावरणका साथ अगाडि बढ्न नीति ल्याइएको हो भन्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशका १०९ स्थानीय तहमा सूचना केन्द्र विस्तार गरी सूचना प्रणालीलाई व्यवस्थित गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले प्रदेश सरकारले अगाडि सारेका सञ्चारसम्बन्धी नीति तथा सबै प्रकारका कानून सञ्चारमैत्री आउनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा प्रदेशका सम्पूर्ण १२ वटै जिल्लाका प्रकोप व्यवस्थापन सूचना अधिकृतसँग आगामी दिनमा प्रदेश सरकार जिल्ला र स्थानीय तहसँग सूचना समन्वयका विषयमा र सूचना केन्द्र प्रभावकारी सञ्चालनका विषयमा समेत छलफल गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ३९ बजे

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना, धार्मिक आस्थाको केन्द्रमा विशेष दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक

पाँच प्रदेशमा आंशिक बदली, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका

बाढीले भत्काएको आशा जोड्दै नेशनल भोलिन्टियर फोर्स, पीडितका लागि दोस्रो चरणमा ४० घरटहरा निर्माण सुरु

नुवाकोट। भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको आवास तथा पुनर्स्थापनालाई लक्षित गर्दै

बझाङमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, ६ जना गम्भीर घाइते

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा

परराष्ट्रमन्त्री खनाल र ईयूका नवनियुक्त राजदूत ह्वाइटलीबीच शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघ