२०८३, ३ आश्विन आईतबार

नेकपाको चियापानमा विप्लवदेखि सीके राउतसम्मलाई निम्तो, ज्ञानेन्द्रलाई छैन निम्तो

नेकपाको चियापानमा विप्लवदेखि सीके राउतसम्मलाई निम्तो, ज्ञानेन्द्रलाई छैन निम्तो


काठमाडौं, कात्तिक ८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पर्सि (शनिबार) आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ ।

पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको बताए ।

तर, पार्टीले आयोजना गरेको चियापानमा नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्ता दिईएको छैन । यद्यपि, शाही कालका मन्त्री एवं नेताहरुलाई भने निम्ता दिइएको छ ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ७ : १७ बजे

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका

लाइसेन्स छपाइमा सरकारको ‘नयाँ एक्सन’, प्रदेशले नछापे केन्द्रबाटै छापिने

काठमाडौं । लामो समयदेखि लाइसेन्स छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न