काठमाडौँ। अफगान अधिकारीहरूले काबुलस्थित लागुऔषध प्रयोगकर्ताको लागि बनाइएको ओमर एडिक्सन ट्रिटमेन्ट अस्पतालमा पाकिस्तानको हवाई आक्रमणमा कम्तीमा ४ सय जनाको मृत्यु भएको दाबी गरेका छन्। अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा राति करिब ९ बजे भएको आक्रमणको विवरण सार्वजनिक गर्दै अस्पतालको ठूलो भाग ध्वस्त भएको बताए। उनले उद्धार टोलीहरूले आगो नियन्त्रण गर्ने र भग्नावशेषबाट…