काठमाडौं । डिजेलको मूल्यवृद्धिविरुद्ध भइरहेको प्रदर्शनबीच इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआको गाडीमा मंगलबार गोली प्रहार गरिएको छ। वातावरण तथा ऊर्जा मन्त्री इनेस मान्जानोका अनुसार दक्षिणी क्यानार प्रान्तमा करिब ५०० प्रदर्शनकारीको समूहले राष्ट्रपतिको गाडीमाथि ढुंगामुढा गरे र गोली प्रहार समेत भयो। “गाडीमा गोलीका दागहरू देखिएका छन्, तर राष्ट्रपति नोबोआ पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ,” मन्त्री मान्जानोले विज्ञप्तिमा भनेकी…